भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा १५ औं सस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन भोलि बिहान हुँदैछ । म्याराथनमा १ सय ५६ जना धावकहरुले भाग लिँदैछन् ।
म्याराथन पोखरा रंगशालाबाट शुरु भएर पोखरा महानगरका १७ वटा वडाहरुका सडक मार्ग हुँदै पुनः पोखरा रंगशालामा पुगेर समापन हुनेछ । ४२.१९५ किलोमिटरको म्याराथन सँगै यो संस्करणबाट महिलाहरुको हाफ म्याराथन (२१ किलोमिटर) समेत हुने मञ्चका अध्यक्ष तेज गुरुङले जानकारी दिए ।
पोखरालाई ‘सिटी म्याराथन’को अवधारणा अनुरुप विश्वमा परिचय गराउने उद्देश्यले आयोजित प्रतियोगितामा म्यारथन तर्फ २ जना विदेशी सहित १ सय ५६ जनाले भाग लिने गुरुङले जानकारी दिए । महिलाहरुका लागि आयोगित हाफ म्याराथनमा १९ जनाले सहभागीता जनाउने उनले बताए । बाहिरी जिल्लाबाट आउने क्रम जारी रहेका कारण अझै केही संख्यामा धावकहरु बढ्ने उलने बताए ।
कोभिड–१९ का कारण पोखरा म्याराथन अन्तर्गत आयोजना हुने १० किमी महिलारपुरुष, ५ किलोमिटर छात्ररछात्रा तथा दृष्टि विहिनहरुको दौड र अपाङ्गहरुको ह्विल चियर दौडभने फरक–फरका मितिमा आयोजना हुने मञ्चका अध्यक्ष गुरुङले जानकारी दिए ।
म्याराथन तर्फ प्रथम, द्वितिय, तृतिय र चौथो स्थान हासिल गर्ने धावकले क्रमश: नगद २ लाख, १ लाख, ७५ र २५ हजार प्राप्त गर्नेछन । त्यस्तै महिला हाफ म्याराथनमा प्रथम, द्वितिय, तृतिय र चौथो स्थान हासिल गर्ने खेलाडीले क्रमश: नगद १ लाख, ७५ हजार, ५० र १५ हजार प्राप्त गर्ने उनको भनाई छ ।
प्रतियोगिता सम्पन्न गर्न करिब ५१ लाख खर्च हुने मञ्चले जनाएको छ । कोभिडका कारण यो वर्ष भने पोखरा म्याराथनको लोकप्रिय रहेको ‘रन फर फन’ नहुने भएको मञ्चका सचिब कृष्ण तिमिल्सिनाले जानकारी दिए ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला