फेवातालमा पानीको बाँध मर्मतका लागि २ मिटर पानीको सतह घटाएको छ । यसरी पानीको सतह घटेपछि मानिसहरु फेवाताल हेर्ने आउने गरेका छन् ।
शनिबार पानीको सतह घटेपछि मानिसहरुले फेवताल हेर्ने भिड भएको छ । यसरी एक्कासी पानीको सतह घटेपछि मानिसहरुमा कौतुहलता भएपछि हेर्ने आउनेको भिड निकै बढेको हो । चारदशक पहिले निर्माण गरिएको फेवातालको बाँधको मर्मत शुरु गरिएको छ ।

निर्माण भएको लामो समय वितिसक्दा समेत ड्याम मर्मत सम्भारको कार्य नभएका कारण तालको पानी चुहिएर सतह घट्ना थालेपछि फेवातालको पानीको सतह २ मिटर घटाएर मर्मत थालिएको हो ।

लामो समयदेखि ताल संरक्षणका लागि बनाइएको बाँध जीर्ण भएका कारण बाँध निर्माण गर्नका लागि तालको पानी घटाइएको जलस्रोत तथा सिचाईं डिभिजन कार्यालय कास्कीका प्रमुख इन्जिनियर किरण आचार्यले जानकारी दिए।

कार्यालयका अनुसार तालमा पानीको सतह ७ सय ९१ आरएलसम्म झारेर मर्मत कार्य गरिनेछ । तत्काल पानीको सतह ७ सय ९२ आरएल रहेको छ ।

वि.सं २०३५ सालमा बनेको उक्त बाँधको तलको गेट र रम्बर मर्मतसम्हार गरे पछि तालमा पानीको सतह पुन पहिलेको लेभलमा आउने छ । मर्मतको काम सकिएपछि पुनः फिर्के र सेतीको पानीको ड्राइर्भट गरेर तालमा ल्याइने बताइएको छ ।

सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन