पोखरामा फागुन ४ गते मंगलबारदेखि गण्डकी प्रदेश स्तरिय मुख्यमन्त्री कप भलिबल प्रतियोगिता शुरु हुने भएको छ । फागुन ८ गतेसम्म पोखरा रङ्गशालाभित्रको भलिबल टेक्निकल सेन्टरमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक कास्की जिल्ला भलिबल संघले आईतबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
भलिबल खेलको माध्यमबाट गण्डकी प्रदेशलाई ‘खेलकूदको हब’का रुपमा विकास गर्ने लक्ष्यसहित शुरु हुने प्रतियोगितामा गण्डकी प्रदेशका १० जिल्लाले सहभागिता जनाउने संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए ।
लिगकम नकाउटका आधारमा हुने प्रतियोगितामा गण्डकी प्रदेशका मनाङबाहेक कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, गोरखा, लमजुङ, तनहुँ र नवलपुर सहभागि हुने अध्यक्ष पराजुलीले बताए । मनाङका खेलाडी चिसोका कारण अन्य क्षेत्र झरेकाले खेलाडी छनौट गर्न नसक्दा सहभागि हुन नसकेको उनको भनाई छ ।
प्रतियोगितामा विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९)को जोखिमलाई मध्यनजर गर्दै सामाजिक दुरी २ मिटर कायम गर्ने, मास्क, सेनिटाइजर र साबुन पानीले हात धुने ब्यबस्थासहित प्रतियोगिता गरिने प्रतियोगिता अध्यक्ष पराजुलीले जानकारी दिए ।
गण्डकी प्रदेशमा पहिलोपटक आयोजना गर्न लागिएको प्रतियोगिताको मुख्य उद्धेश्य गण्डकी प्रदेशमा तय भएको नवौं राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि खेलाडी छनौट गर्ने तथा प्रतिभावान खेलाडी उत्पादन गर्दै भलिबल खेलको क्रेज बढाउने रहेको उनले बताए । त्यस्तै भलिबल खेलको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्नुपनि प्रतियोगिताको उद्धेश्य रहेको उनको भनाई छ ।
प्रतियोगिताको बिजेता महिला र पुरुष टोलीले समान २-२ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उपबिजेता दुबैले नगद १-१ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक कास्की जिल्ला भलिबल संघले जनाएको छ । प्रतियोगितामा तृतीय स्थान प्राप्त गर्ने टोलीले नगद ५०-५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने सर्वोत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीलाई नगद ५-५ हजार तथा उत्कृष्ट ‘सेटर’, ‘डिफेण्डर’, ‘स्पाइकर’ र ‘लिफ्टर’लाईसमेत नगद ५-५ हजारसहित ट्रफी र मेडल प्रदान गरिने संघका उपाध्यक्ष तथा कार्यक्रम संयोजक खगेन्द्र गौचनले जानकारी दिए ।
प्रतियोगिता अवलोकनका लागि टिकटको ब्यबस्था गरिने भएको छ । पहिलो चरण्का खेलहरुका लागि ५० रुपैयाँ र सेमीफाइनल तथा फाइनल खेलका लागि १ सय रुपैयाँका दरले टिकट दर तोकिएको संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो