पोखरामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । पोखराको बुलौदी र हेम्जा याम्दीमा भएका दुर्घटनामा परी २ जनाको मृत्यु भएको हो । एक जना गम्भिर घाईते भएका छन् ।
कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुवास हमालका अनुसार लेकसाइडबाट जिरो किलोमिटर तर्फ आउँदै गरेको ग १३ प ३९२५ नम्बरको मोटरसाइकल बुलौदीमा दुर्घटना हुदाँ स्याङ्जा फेदिखोला गाउँपालिका १ मट्टिखानका १९ वर्षीय विवेक क्षेत्रीको मृत्यु भएको हो ।
राति १ बजे भएको दुर्घटनामा मटिट्टाखानकै २५ वर्षीयय दिवश गुरुङ घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको र अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी, पोखरा २५ याम्दीमा भएको सवारी दुर्घटनामा गम्भिर घाइते भएका स्याङ्जा पुतलीबजार नगरपालिका ९ लामागे घर भई पोखरा ९ नागढुङ्गा बस्ने ४० वर्षका श्रीकृष्ण भण्डारीको मृत्यु भएको प्रवक्ता हमालले बताए ।
भण्डारीको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए । बाग्लुङबाट पोखरा आउँदै गरेको ध १ ज ९८८ नम्बरको ट्याक्सीले हेम्जा याम्दीमा ग १७ प ९१६२ नम्बरको भण्डारी सवार स्कुटरलाई ठक्कर दिएको थियो ।
सम्बन्धित खबर
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीलाई दोहोरो उपाधि
रास्वपाको पोखरामा फागुन १० गते तयारी गरिएको सभा अचानक स्थगित
यो पनि पढौँ
कास्कीका ३ क्षेत्रमै अग्रता बढाउँदै रास्वपा, पुराना दललाई ‘कोर एरिया’मै धक्का
सुमनाले भनिन्- गोली कसले चलायो र सिंहदरबार कसले जलायो, जनताले थाहा पाउनुपर्यो
हर्कले भनेः सदनमा समय दिने र उत्तर दिने चाहिन्छ, सरकारको नेतृत्व रविले गर्दा राम्रो
जिप अचानक गुड्दा चालकको च्यापिएर मृत्यु