हालै लमजुङको बेसीसहरमा शाखा सञ्चालन गरेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रा.लि (युआरएल)ले त्यहाँका सेवाग्राहीलाई मध्यनजर गरी नयाँ योजना सार्वजनिक गरेको छ ।
गण्डकी प्रदेशकै पहिलो र लोकप्रिय रेफरेन्स ल्याब युआरएलले फागुन महिनाभर मधुमेह (सुगर), वाथ र युरिक एसिडसम्बन्धी रक्त परीक्षण निःशुल्क गरिरहेको अध्यक्ष ठाकुरप्रसाद पन्तले जानकारी दिए ।
शाखामा थाइराइड, होलबडी लगायत अन्य सबै रोग रक्त परीक्षणमा ३० प्रतिशत छुट दिइएको छ । त्यो क्षेत्रका बासिन्दामा मधुमेह, बाथ, खानपिनबाट हुने समस्या बढी देखिएकाले उनीहरुलाई सित्तैमा गुणस्तरीय सेवा दिन यो योजना ल्याएको पन्तले बताए ।
युआरएलले चैत १ गतेदेखि स्याङ्जाको वालिङमा पनि शाखा सञ्चालन गर्ने तयारी गरेको छ । यसअघि पोखराको न्युरोड, सभागृहचोकमा प्रधान कार्यालय, तनहुँका दमौली र दुलेगौंडा र लमजुङ बेसीसहरको सेराचोकमा युआरएलले शाखा खोलिसकेको छ ।
गण्डकी प्रदेशका मुख्य सहरमा शाखा खोलेर प्रदेशका बासिन्दालाई गुणस्तरीय सेवा पु-याउन युआरएल लागिपरेको सिइओ भूपेन्द्रराज पाण्डेयले बताए ।
युआरएलले स्थापनाको ८ वर्षमा ८० हजारभन्दा बढीको सित्तैमा रगत जाँच गरेको छ । सामाजिक उत्तरदायित्व वहन गर्दै युआरएलले विभिन्न संघ, संस्थासँग सहकार्य गरी १ सय ९ वटा निशुल्क स्वास्थ्य शिविर गरिसकेको छ ।
सम्बन्धित खबर
खेलकुदले राष्ट्रको गौरव, शान, मान, पहिचान स्थापित गरेको छः प्रदेश प्रमुख भट्ट
लमजुङमा जिप दुर्घटना हुँदा दुई महिलाको मृत्यु, १२ जना घाइते
जिप अचानक गुड्दा चालकको च्यापिएर मृत्यु
लमजुङमा आफैले चलाएको ट्याक्टर पल्टिँदा च्यापिएर मृत्यु
पृथ्वीसुब्बा गुरुङको चुनावी प्रचारप्रसार अभियान दोर्दीबाट सुरु
लमजुङको दूधपोखरीमा डुबेका १८ वर्षीय मनोजको शव डेढ महिनापछि सशस्त्रले निकाल्यो
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?