लमजुङमा नातामा बहिनी पर्ने बालिकालाई करणी गरेको आरोपमा १९ वर्षीय किशोर पक्राउ परेका छन् । पढाइदिन्छु र टिकटक पनि बनाउने भनेर घरमा डाक्दै ति किशोरले हाडनाता करणी गर्दै आएको प्रारम्भिक बयानमा खुलेको लमजुङ प्रहरीले जनाएको हो । यो बेशिशहर क्षेत्रमा भएको घटना हो । बहिनी १२ वर्षकी बालिका हुन् ।
बालिका प्रायः किशोरको घरमा आउजाउ गर्ने र नातामा दाजुबहिनी भएकाले घरपरिवारले पनि कुनै अनर्थ नसोच्ने भएकाले पनि किशोरले कोहि नभएको मौका पारी घरमै बलात्कार गर्दै आएको बताइन्छ । बालिकालाई निरन्तर जबर्जस्ती करणी गर्दै आएको खुलेको छ । प्रहरीका अनुसार पछिल्लो समय फागुन १ गते बालिकामाथि किशोरले जबर्जस्ती करणी गरेका थिए । किशोरले माघदेखि नै करणी गर्दै आएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ ।
डर र धम्कीका कारण बालिकाले आफ्ना अभिभावकलाई घटनाबारे भन्न सकेकी थिइनन् । पक्राउ परेका किशोरलाई कानुनबमोजिम प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाई हाडनाता र बालिकालाई जबर्जस्ती करणी अभियोगमा मुद्दा चलाउने प्रक्रिया अघि बढाएको जनाएको छ ।
प्रहरीले बुधबार राति ती किशोरलाई पक्राउ गरी बिहीबार लमजुङ जिल्ला अदालतबाट १५ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाएको हो । जिल्ला अस्पताल लमजुङमा सरकारी डाक्टर नभएको र सुन्दरबजारमा सेवा नभएपछि दमौलीको जिल्ला अस्पतालमा बालिकाको स्वास्थ्य परिक्षण गरिएको छ ।
सम्बन्धित खबर
स्याङ्जामा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा एक पक्राउ
लिफ्ट दिने बहानामा महिलामाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ
बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार आरोपमा स्याङ्जाका एक पुरुष पक्राउ
चामलमै ११ थरी विषादी, लामो समय जोगाउन विषादीको अत्याधिक प्रयोग
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु