बगर भाई खलक एट ए साइड फुटबल प्रतियोगिता अन्तर्गत बुधबार पहिलो चरणका खेल सम्पन्न भएका छन ।
“स्वास्थका लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागी नौलो आयाम” भन्ने मूल नाराका साथ आयोजना भएकोे बुधबार प्रि क्वाटर अन्तर्गतको पहिलो खेलमा डि वर्गर ललितपुर ३–० गोलले विजयी भएको छ । डि वर्गरको जितमा खेलका म्यान अफ दि म्याच भेषराज लिम्वुले १ गोल गरे भने नरेन्द्र लिम्वु र भगवान थापाले समेत समान १–१ गोल गरे ।
त्यसै गरी हेटौडा भेट्रान्स निलोका निमा लामाले २ गोल गर्दा पोखराको बलियो मानिएको अम्वर सिंह व्याइज क्लव (एविसी)ले पराजयको सामना गरेको छ । एविसीका लागि विजय गुरुङले १ गोल गरेका थिए । खेलमा निमा लामा म्यान अफ दि म्याच भएका थिए । तर अर्को एक खेलमा भने ललितपुरको भेट्रान्स विविसी सँग भने हेटौडा भेट्रान्स रातो पराजित भएको छ । ललितपुरका लागि शुक्र तामाङले १ गोल गरेका थिए । तर खेलमा भने हेटौडाका गोल रक्षक ज्ञानु क्षेत्री म्यान अफ दि म्याच घोषित भए ।
यस्तै हेम्जाको विष्णु पादुका भेट्रान्स क्लवले भने भनीमण्डल ललितपुर सँग ३–१ गोलले पराजय व्याहोरेको छ । भनिमण्डलका लागि रुपेश केसी, तेज धलामी र पाण्डव खत्रीले समान १–१ गोलको योगदान दिएका थिए भने हेम्जाका लागि सान्त्वना गोल महेन्द्र सिंंह थापाले गरेका थिए । खेलमा तेज धलामी म्यान अफ दि म्याच भएका थिए । यस्तै नवलपरासी भेट्रान्सले खुमलटार भेट्रान्स काठमाडौलाई २–१ ले स्तव्ध पारेको छ । नवलपरासीका लागि दिपक थापा मगर र हिरा वहादुर गुरुङले समान १–१ गोल गर्दा खुमलटारका लागि लाल बहादुर लिम्वुले एक गो फर्काए । खेलमा सुमन केसी म्यान अफ दि म्याच भएका थिए ।
पोखरा भेट्रान्सले आजको खेलमा समेत उत्कृष्ट पदर्शन गर्दै नाइट किङ सानो गौचरन क्लव काठमाडौलाई टाइ–व्रेकरमा ५–४ ले पराजित गरेको छ । उद्घाटन खेल जितेको पोखरा भेट्रान्सले खेलको निर्धारित समयमा १–१ गोलको वरावरीमा खेलेको थियो । नाइट किङका लागि शिसिर विक्रम हमालको १ गोल र पोखरा भेट्रान्सका किशन गुरुङले समान १ गोल गर्दा खेल टाइ व्रेकरमा पुगेको थियो । खेलमा पोखराका राजु गुरुङ म्यान अफ दि म्याच भएका थिए । काठमाडौको मिया सान मिया भेट्रान्सले समेत प्रतियोगितामा दोश्रो खेल जितेको छ । उसले पशुपती भेट्रान्स हेटौडालाई ३–० ले पराजित गरेको हो । खेलमा म्यान अफ दि म्याच सुन्दर गुरुङले २ र नविन पाण्डेले १ गोल गरेका थिए ।
आज नै हुने भनिएको आयोजक भेट्रान्स र मनाङ मर्स्याङदी भेट्रान्स विचको खेल भने वर्षाका कारण रद्ध भएको प्राविधिक संयोजक खगेन्द्र गुरुङले जनाएका छन । बिहिबार दोश्रो चरण अन्तर्गतका खेलहरु सञ्चालन हुने उनले बताए ।
तेश्रो दिनको खेलको शुभारम्भ नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान राजु शाक्यले गरेका थिए । आजको सवै खेलमा म्यान अफ दि म्याच हुने खेलाडीहरुलाई संस्थाबाट सम्मानित हुने व्यक्तित्वहरु कृष्ण थापा, शम्भु कार्की, दक्ष्य बहादुर गुरुङ, आनन्द रञ्जित, खेम गुरुङले ट्रफी वितरण गरेको अध्यक्ष दिल बहादुर गुरुङले बताए ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु