सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा बागलुङमा महिला परीक्षार्थीका लागि लोकसेवा तयारी कक्षा शुरु भएको छ । महिलालाई राज्यको अङ्गमा समानरुपमा पु-याउने लक्ष्यले दशवटै पालिकाबाट ३५ महिलालाई तालीम दिइएको हो । परीक्षाका लागि चाहना राखेकालाई १५ दिने कक्षामा ल्याइएको हो ।
आर्थिकरुपमा विपन्न, सामाजिकरुपमा पछि परेका, दलित र जनजाति महिलालाई सो अवसर दिइएको जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङ्गानाले बताए । तालीमका लागि समन्वय समितिले स्थानीय व्यवस्थापन गराएको छ ।
यस्तो प्रकारको तालीमले सुनौलो भविष्य खोज्ने काममा सहयोग मिलेको सहभागी यमुना विश्वकर्माले बताए । ग्रामीण क्षेत्रबाट सदरमुकाम आएर पढ्ने काम मात्र नभई लोकसेवा परीक्षा उत्तीण गर्ने पनि उनले विश्वास व्यक्त गरे ।
“परीक्षाको तयारी, कक्षा र लेख्ने पद्धतिबारे हामीले तालीममा सिक्ने छौँ”, उनले भन्नुभयो, “परीक्षाको प्रक्रिया नबुझेकाले यसअघि सहभागी पनि बन्न सकेका थिएनौँ ।” सहभागीले पहिलोपटक निःशुल्क र लक्षित समुदायमा पुगेको तालीमले लोकसेवामा प्रवेश पाउने आशा पलाएको बताए ।
गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयले रु दुई लाख ८० हजार बजेट विनियोजन गरेपछि तालीम सञ्चालन गरिएको समितिका सूचना अधिकारी दुर्गाप्रसाद शर्माले बताए । यसअघि छिटफुटरुपमा सङ्घसंस्था र ट्युसन सेन्टरले चलाएको तालीम औपचारिकरुपमा सरकारी निकायबाटै थालिएको हो ।
सम्बन्धित खबर
ढोरपाटनका बालबालिकामा दादुरा संक्रमण, एक जनाको पोखरामा उपचार हुँदै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
पोखरा-बागलुङ सडकका खाल्डाखुल्डी पुर्न थालियो
बागलुङ–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालन
ढोरपाटन २३ औं वर्षमा प्रवेश
बागलुङमा व्यावसायिक स्याउखेती
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर