पोखराको बगर भाइ खलकद्वारा आयोजित ‘चौथो स्वर्गिय रञ्जित गुरुङ स्मृति तथा १० औं बगर भाई खलक भेट्रान्स एट–ए–साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता’ को उपाधि काठमाडौको आई वोस मिया सान मियाले जितेको छ ।
शनिवार सम्पन्न फाइनल खेलमा मिया सान मियाले डिफेन्डिङ च्याम्पियन टि वर्गर ललितपुरलाई ४–१ ले पराजित गर्दै उपाधि जितेको हो । उपाधि सँगै मिया साान मियाले रनिङ शिल्ड सहित नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ हात पारेको छ भने उपविजेता टि वर्गरले नगद ५५ हजार ५ सय ५५ का साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
दुवै टिमबाट सहभागी रहेका पूर्व राष्ट्रिय खेलाडीहरुको खेलमा पहिलो गोलको खाता खेलकौ १६ औै मिनेटमा मिया सान मियाकाको तर्फबाट नविन पाण्डेले गोलको खाता खोलेका थिए । निर्धारित २५–२५ मिनेटको खेलमा नविन न्यौपानेले टिमका लागि २० औं मिनेटमा दोश्रो गोल थप्दा टि वर्गर करिव–करिव उपाधि होडबाट बाहिरिन पुगेको थियो ।
नविन न्यौपानेले नै खेलको दोश्रो हाफको ३४ औं मिनेटमा मिया सान मियाले टिमका लागि तेश्रो गोल थपे । न्यौपाने फाइनल खेलको म्यान अफ दि म्याच समेत भएका थिए । यता ३–० ले पछि परेको टि वर्गरलाई खेलमा फर्काउने प्रयास गर्दै नरेन्द्र लिम्वुले एक गोल फर्काए पनि उपाधिका लागि त्यो पुरा हुन सकेन । खेलको दोश्रो हाफको अतिरिक्त समयको पहिलो मिनेटमा नविन पाण्डेले टिमको लागि चौथो गोल गर्दै उपाधि पक्का गरेका थिए ।
फागुन २४ गतेबाट सञ्चालन भएको उक्त प्रतियोगितामा टि वर्गरका नरेन्द्र लिम्वु उत्कृष्ट खेलाडी हुँदै नगद १० हजारका साथमा ट्रफी हात पारेका छन । यसै गरी अन्य विद्यामा उत्कृष्ट मिडफिल्डर मिया सान मियाका राजेश खड्की, उत्कृष्ट गोल रक्षकमा मिया सान मियाका सञ्जिव खड्की, उत्कृष्ट फरवार्डमा मिया सान मियाका नविन न्यौपाने, उत्कृष्ट डिफेण्डरमा टि वर्गरका नरेश थापा भएका छन । उत्कृष्ट हुने सवै विद्यागत खेलाडीले नगद ५ हजारका साथमा ट्रफी तथा प्रमाणपत्र प्राप्त गरे ।
उपाधि विजेता र उपविजेताले दिए जितेको रकम कल्याणकारी कार्यलाई
“चौथो स्वर्गिय रञ्जित गुरुङ स्मृती तथा १० औं बगर भाई खलक भेट्रान्स एट–ए–साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता”को उपाधि विजेता मिया सान मिया र उपविजेता टि वर्गरले जितेको रकम कल्याणकारी कामको लागि हस्तान्तरण गरेका छन । मिया सान मियाले आफ्ना टिमका खेलाडी तथा पूर्व राष्ट्रिय खेलाडी नविन न्यौपानेकी क्यान्सर पिडित आमाको उपचारका लागि हस्तान्तरण गरेको छ । टिमका कप्तान समेत रहेका नविन पाण्डेले उक्त रकम सहकर्मी न्यौपानेलाई समापन समारोहमा हस्तान्तरण गरेका थिए ।
यसैगरी उपविजेता टोली टि वर्गरले पोखरामा महिला र वालवालिकाको क्षेत्रमा कार्यरत सञ्जिवनी समुहलाई हस्तान्तरण गरेको छ ।
प्रतियोगितामा विजेता खेलाडीहरुलाई सामाजिक विकास मन्त्रालयका सचिव विनोद बहादुर कुंवर, संस्थाका अध्यक्ष दिल बहादुर गुरङ, तमु धि यूकेका अध्यक्ष कमल गुरुङ, नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेज गुरुङ, सहारा यूकेका महासचिब धनु पुरन थकाली, गैर आवाशिय नेपाली संघ यूकेका पूर्व अध्यक्ष मुछेत्र गुरुङ, संस्थाका महासचिब याम गुरुङ, भूतपूर्व खेलाडी मञ्च नेपालका पूर्व अध्यक्ष खड्ग बहादुर रानाभाट, संस्थाका प्रमुख सल्लाहाकार दिनेश श्रेष्ठ लगायतले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला