कोभिड –१९ को दोस्रो लाहर नेपालमा देखा परे संगै प्रशासनले सजक रहन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी सागर आचार्यको अध्यक्षतामा आज बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले तनहूँमा सामुहिक भेला भई होली नमनाउन आग्र्रह गरेको छ ।
नजिकीएको होला पर्वलाई केन्दीत गरेरर उक्त निर्देशन गरिएको हो । भीडभाड गरी होली मनाउँदा जोखिम बढ्न सक्ने भएकाले सबैलाई उक्त अनुरोध गरिएको हो ।
छिमेकी मुलुक भारतमा देखिएको थप कोरोनाका कारण नेपालमा पनि कोरोनाको दर बढ्दै गएको र मृत्युदरमा वृद्धि भएको सन्दर्भमा खुला सिमानाका कारण मानिसको आवतजावत बढिरहेकाले तनहुँ पनि जोखिम रहेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए ।
समुदायमा दोस्रो लहर देखिएपछि सबैलाई सजक र सतर्क रहन प्रशासनले अनुरोध गरेको हो । व्यवसायको सन्दर्भमा संक्रमणको अवस्थालाई विचार गरी राति १० बजेपछि बन्द गराउने निर्णय गरेको छ ।
बैठकले जात्रा, मेला महोत्सव, कन्सर्ट तथा भीडभाड हुने कार्यक्रम गर्न पनि रोक लगाएको छ । भारतबाट आउने सम्पुर्णलाई निगरानीमा राखिने समेत प्रशासनले बताएको छ ।
सम्बन्धित खबर
पोखरामा पर्यटकलाई राम्रो होटल मिलाइदिने भन्दै बार्गेनिङ गर्नेहरू पक्राउ
ट्राफिक नियम पालना गर्न झन्झट नमानौं: मुख्यमन्त्री अधिकारी
स्याङ्जामा ट्राफिक सप्ताह सुरु
बागलुङमा चट्याङ लागेर एक जनाको मृत्यु
पोखरा १० मा आधारभूत ब्यूटिसियन तालिम सुरु
जन्मदिनको अवसरमा युवा यातायात व्यवसायी मल्लद्वारा वृद्धाश्रममा सहयोग
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग