पोखरा, १३ चैत । जापानको टोकियोमा हुने कोफा पुमा टोरेरो कप फुटबल प्रतियोगितामा सहभागिताका लागि जान लागेको युवा टोलीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अध्यागमनले फिर्ता पठाएको छ । सोमवार राति ११ बजे त्रिभुबन विमानस्थलबाट जापानका लागि उड्न १४ जनाको टोली अन्तर्राष्ट्रिय विमान स्थल पुगेको थियो ।
अध्यागमन अध्यागमन अधिकारीहरुले विदेशमा खेल्न जान पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समिती र राष्ट्रिय खेलकुद परिषदको पत्र माग गरेका थिए । जिल्ला प्रशासन कार्यालय कास्कीको सिफारिसका आधारमा जान लागेको टिमलाई विमानस्थलको अध्यागमनले रोकेको हो ।
बिमाानस्थलबाट फिर्ता भएको जानकारी दिंदै पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका अध्यक्ष खगराज पौडेलले बुधबार आवश्यक पत्र बनाइदिने बताए । पूर्व राष्ट्रिय खेलाडी एवम प्रशिक्षक राजेन्द्र तामाङको नेतृत्वमा जान लागेको टिमलाई आइतबार पोखरा बाट क्षेत्रिय अध्यक्ष पौडेलले विदाइ गरेका थिए । उनले रोकिएका खेलाडी मंगलबार सम्ममा जापान उडाउने तयारी भएको समेत बताए ।
कोफा पुमा टोरेरो कप फुटबल एक वृहद प्रतियोगिता भएको र यहाँका खेलाडीले सहभागिता जनाए पछि फुटबलमा धेरै कुरा सिक्ने र अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा सहयोग पुग्ने भन्दै जापान स्थित फन रुट्स फुटबल एकेडेमीमा कार्यरत पूर्व राष्ट्रिय खेलाडी एवम एकेडेमीका प्रशिक्षक बसन्त गौचनको पहलमा उनीहरुलाई जापान लैजाने तयारी गरिएको थियो ।
गत वर्ष पनि यहि कार्यक्रम अन्र्तगत यस्तै युवा समुहलाई निशुल्क रुपमा जापान लगिएको थियो । फन रुट्स फुटबल एकेडेमीले नै हरेका वर्ष यो प्रतियोगिता आयोजना गर्दै आइरहेको छ ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा