नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाबीच त्रिपक्षीय रुपमा सहमति हुन नसक्दा प्रधानमन्त्री केपी ओली आफ्नो सत्ता टिकिरहनेमा ढुक्क देखिएका छन्। सर्वोच्चको फैसलापछि पार्टीभित्र शक्तिशाली देखिएका अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकार टिकाइ राख्नका लागि जसपालाई मात्र साथ लिने पुग्नेछ।
त्यसका लागि जसपाको माग सम्बोधन गरेर आफ्नै नेतृत्वको सरकारलाई निरन्तरता दिने रणनीतिमा प्रधानमन्त्री ओली ढुक्क रहेको ओली निकट एक नेता बताउँछन् । उनी भन्छन्, ‘माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि प्रधानमन्त्री ओलीले सहजै रुपमा संसदबाट विश्वासको मत लिनुहुन्छ।’
नयाँ सत्ता समीकरणको प्रक्रिया अगाडि बढाउन प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अनिच्छा देखाएको छ। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल निर्वाचनमा जानुपर्ने अडानलाई प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मौन समर्थन जनाएका छन् ।
प्रतिनिधिसभा पुनःस्थापित भएको एक महिना बितिसक्दासमेत एमालेबाहेकका कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको बीचमा नयाँ सत्ता समीकरणका लागि साझा सहमति जुटन सकेको छैन। पछिल्ला दिनमा त तीन दलबीच संवाद नै टुटेको छ।
एमालेबाहेकको नयाँ सरकार गठनका लागि जसपा नै निर्णायक शक्ति देखिएको छ। तर, जसपाभित्र नै कसलाई समर्थन गर्ने भन्ने निर्णय लिन सकस परिरहेको छ। आफ्नै नेतृत्वमा सरकार गठन गर्ने उद्देश्यले दौडधुपमा लागेको जसपाले पछिल्ला दिनमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको संवादलाई निरन्तरता दिएको छ।
जसपाका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादव ओली नेतृत्वको सरकारलाई समर्थन गर्न नसकिने अडानमा रहेकाले जसपा अर्निणित बन्न पुगेको छ। प्रधानमन्त्री ओली जसपालाई चित्तबुझ्दो गरी मन्त्रालय भागवण्डा गर्न तयार भए पनि प्रतिनिधिसभा विघटन गर्ने व्यक्तिलाई समर्थन गर्ने-नगर्ने बहस जसपाभित्र शुरु भएको छ। आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
सम्बन्धित खबर
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर
पाँच दिनभित्र १९ अर्ब नबुझाए एनसेलको लाइसेन्स स्वतः रद्ध
सहरी योजना आयोगका उपाध्यक्ष र दुई सदस्यले मेयर आचार्यलाई बुझाए राजीनामा
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ हुने
मित्रमिलन सहकारीको बचत फिर्ता योजनाको प्रस्ताव
सहकारीको हविगतमा पुग्दै एनआईसी एसिया
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’