पोखरा, १३ चैत । नेपाल ज्योतिष परिषद् प्रदेश नम्बर ४ को प्रथम अधिवेशनले रामप्रसाद कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
समितिको बरिष्ठ उपाध्यक्षमा दुर्गादत्त शर्मा आचार्य, उपाध्यक्षमा मोहराज ढकाल, टेकनारायण शर्मा, शान्ति श्रेष्ठ, भिमनाथ कुइकेल, महासचिवमा ज्यो.कमल पौडेल शास्त्री , उपमहासचिवमा देवीप्रसाद रेग्मी, नारायणप्रसाद पौडेल, कृष्णकान्त काफ्ले, सचिवमा विजय दोरङ्गा, कोषाध्यक्षमा तोयनाथ आचार्य,सहकोषाध्यक्षमा गोविन्द रिजाल, प्रचार सचिवमा दिनेश परियार, संगठन सचिवमा धनपति रेग्मी छन्।
त्यस्तै, सदस्यमा उमाकान्त शर्मा, हिरण्यप्रसाद शर्मा, कमलापति रेग्मी, हरि घिमिरे, होमनाथ पोखरेल, खगेन्द्रप्रसाद घिमिरे, ओमप्रसाद उपाध्याय, भुवानीप्रसाद बराल, तेजबहादुर भुजेल, पुष्पराज न्यौपाने र संगीता थापा छन् ।
ज्यो. सन्तोष वशिष्ठ संयोजक, लक्ष्मण पन्थी सदस्य सचिव, बेदराज पन्त, नारायण बराल र बासुदेव सुवेदी सदस्य रहेको समितिले निर्वाचन गराएको थियो ।
अधिवेशन नेपाल ज्योतिष परिषद्का केन्द्रीय संस्थापक अध्यक्ष डा. लोकराज पौडेलले ज्योतिषिहरु आफ्नो पेशाप्रति इमान्दार र अध्ययनशील हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा डा. सहदेव विष्ट, सन्तोष वशिष्ठ, प्रेमकुमारी गुरुङ, लक्ष्मण पन्थी, बेदराज पन्त, नारायण बराल, हिरा काश्यप शास्त्री, बेदनिधि शर्मा, मिनप्रसाद भट्टराईले बोलेका थिए ।
नेपाल ज्योतिष परिषद् प्रदेश नम्बर ४ का संयोजक रामप्रसाद कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य मोहराज ढकालले स्वागत र सचिव ज्यो. कमल पौडेल शास्त्रीले संचालन गरेका थिए ।

सम्बन्धित खबर
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
मुक्तिनाथ मन्दिरमा दशैंको टीका
दसैँमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी
एमालेको एक्शनः ३० लाख ‘घुस डिल’को आरोप लागेका पूर्व स्वास्थ्यमन्त्री पाण्डेमाथि कारबाही गर्न सिफारिस
स्याङ्जामा ४७ वर्षीय पुरुष मृत फेला
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा बडादशैंको शुभकामना व्यक्त
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन
स्याङ्जामा ४७ वर्षीय पुरुष मृत फेला