पोखरा, १३ चैत । नेपाल ज्योतिष परिषद् प्रदेश नम्बर ४ को प्रथम अधिवेशनले रामप्रसाद कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
समितिको बरिष्ठ उपाध्यक्षमा दुर्गादत्त शर्मा आचार्य, उपाध्यक्षमा मोहराज ढकाल, टेकनारायण शर्मा, शान्ति श्रेष्ठ, भिमनाथ कुइकेल, महासचिवमा ज्यो.कमल पौडेल शास्त्री , उपमहासचिवमा देवीप्रसाद रेग्मी, नारायणप्रसाद पौडेल, कृष्णकान्त काफ्ले, सचिवमा विजय दोरङ्गा, कोषाध्यक्षमा तोयनाथ आचार्य,सहकोषाध्यक्षमा गोविन्द रिजाल, प्रचार सचिवमा दिनेश परियार, संगठन सचिवमा धनपति रेग्मी छन्।
त्यस्तै, सदस्यमा उमाकान्त शर्मा, हिरण्यप्रसाद शर्मा, कमलापति रेग्मी, हरि घिमिरे, होमनाथ पोखरेल, खगेन्द्रप्रसाद घिमिरे, ओमप्रसाद उपाध्याय, भुवानीप्रसाद बराल, तेजबहादुर भुजेल, पुष्पराज न्यौपाने र संगीता थापा छन् ।
ज्यो. सन्तोष वशिष्ठ संयोजक, लक्ष्मण पन्थी सदस्य सचिव, बेदराज पन्त, नारायण बराल र बासुदेव सुवेदी सदस्य रहेको समितिले निर्वाचन गराएको थियो ।
अधिवेशन नेपाल ज्योतिष परिषद्का केन्द्रीय संस्थापक अध्यक्ष डा. लोकराज पौडेलले ज्योतिषिहरु आफ्नो पेशाप्रति इमान्दार र अध्ययनशील हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा डा. सहदेव विष्ट, सन्तोष वशिष्ठ, प्रेमकुमारी गुरुङ, लक्ष्मण पन्थी, बेदराज पन्त, नारायण बराल, हिरा काश्यप शास्त्री, बेदनिधि शर्मा, मिनप्रसाद भट्टराईले बोलेका थिए ।
नेपाल ज्योतिष परिषद् प्रदेश नम्बर ४ का संयोजक रामप्रसाद कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य मोहराज ढकालले स्वागत र सचिव ज्यो. कमल पौडेल शास्त्रीले संचालन गरेका थिए ।

सम्बन्धित खबर
स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, २० जना घाइते
राम्दी–गल्याङ नाकाबाट पर्यटकलाई स्वागत, स्याङ्जाले सुरु गर्यो नयाँ पर्यटन अभियान
२५ वर्षअघि चोरी मुद्दामा सजाय तोकिएका फरार प्रतिवादी पक्राउ
फेवातालमा बेपत्ता युवकको शव फेला
स्याङ्जामा ट्राफिक प्रहरीको निगरानी कडा, सवारीका झल्लर र फोकस लाइट हटाइँदै
वालिङमा कृषि व्यवसाय विस्तार, दुई हजार किसानको आम्दानीमा टेवा
यो पनि पढौँ
रवि लामिछानेसँग सभापति भिड्न आँटेका साहलाई प्रतिनिधिबाट हटाइयो
हिरासतभित्रै छिरेर ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्री गुरुङविरुद्ध उजुरी
फेवातालमा बेपत्ता युवकको शव फेला
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्