स्वास्थ्यका लागि हाँस्नु निकै आवश्यक छ तर एउटा निकै अचम्मको घटना सार्वजनिक भएको छ । एक महिला बेस्सरी हाँस्दा उनको बंगारा फुस्किएको छ जसका कारण उनले मुख बन्द गर्न सकिनन् । अन्त्यमा उनले डाक्टरको सहयोगमा समस्या सुल्झाएकी छिन् ।
घटना चीनको हो । स्थानीय ग्वान्चा न्यूजका अनुसार गत आइतबार गुआंगडोंग प्रान्तको गुआंगझु दक्षिण रेलवे स्टेशन नजिकै एउटा रेलमा यात्रा गरिरहेकी महिला यति बेस्सरी हाँसिन् कि उनको बंगारा डिस्लोकेट भयो । त्यसपछि उनलाई असाध्यै पीडा भयो ।
तर महिलाको भाग्य, त्यहाँ डाक्टर पनि उपस्थित थिए ।
ल्याडबाइबलको रिपोर्ट अनुसार लिवान हस्पिटलका डाक्टर लुओ वेन्सेङ्ग रेलवे चिकित्सा इमर्जेन्सीको अपिलपश्चात् उनी महिला भएठाउँ पुगेका थिए ।
‘म दौडिएर महिला भएठाउँ पुगेँ, उनी बोल्न सकिरहेकी थिइनन् र मुख बन्द पनि गर्न सकिरहेकी थिइनन्,’ डा. वेन्सेङ्गले भने ।
‘उनी र्याल काढिरहेकी थिइन् त्यसकारण उनलाई स्ट्रोक भएको ठानेँ ।’
‘तर मैले उनको रक्तचाप लिए र उनलाई केही प्रश्न गरेँ त्यसपछि मात्रै उनको बंगारा डिस्लोकेट भएको थाहा पाएँ,’ उनको भनाई उद्धृत गर्दै ल्याडबाइबलले भन्यो ।
नाम नखुलाइएकी ती यात्रीले उनको यसअघि पनि गर्भावस्थामा बान्ता गर्दा बंगारा डिस्लोकेट भएको जानकारी दिएकी छिन् ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?