दुई महिना अघि पोखरा महानगरपालिका वडा नं. १७ महतगौंडा (सितापाईला) मा भएको गोलीकाण्ड प्रकरणमा घाइते भएका मनोज बिकमाथि अन्ततः गोली नै चलेको पुष्टि भएको छ । गोलीको घाउ नदेखिएको भन्दै चिकित्सकलाई उदृत गरी प्रहरीले गोली नचलेको बताएको थियो ।
घटनामा संलग्नलाई कास्की प्रहरीले आज सार्वजनिक पनि गरेको छ । आइतबार (आज) बिहान पोखरा १ सिम्पानीबाट एसपी जीवनकुमार श्रेष्ठ नेतृत्वको टोलीले घटनामा संलग्न ४५ वर्षीय राजकिशोर पाण्डेलाई पक्राउ गरेको हो । पाण्डेलाई मेटलको काम गरिरहेकै अवस्थामा पक्राउ गरिएको एसपी श्रेष्ठले बताए । अभियुक्त पाण्डे बारा बरियापुर वडा नं. ४ पिपराबृता घर भई पर्सा वीरगञ्ज आदर्श नगरमा अस्थायी बसोबास भई पोखरामा मेटल लगायतको काम गर्दै आएका थिए ।
गत माघ २३ गते साँझ ७ बजे आफू माथि गोली प्रहार भयो भन्दै पर्वतको मोदी ८ चित्रे घर भई पोखरा २४ पामे बस्दै आएका मनोज चोट बोकेर बाइकमै बैदाम प्रहरी कार्यालय पुगेका थिए । उनको दाहिने कोखा (पेट)मा घाउको प्वाल थियो ।
सिटी स्क्यान रिपोर्टपछि गोली नलागेको नभई धारिलो हतियार प्रहार भएको प्रहरीले डाक्टरलाई उदृत गर्दै बताएको थियो । अन्ततः गोली नै लागेको पुष्टि भएको कास्की प्रहरी प्रमुख एसपी जीवन कुमार श्रेष्ठले जानकारी दिए ।
पक्राउ परेका पाण्डेको साथबाट ३ राउण्ड गोली, मोबाइल र पर्स पनि बरामद गरिएको छ । वायरिङको काम गर्ने बिक र मेटलको काम गर्ने पाण्डेबीच के कुरामा रिसईबी भयो भन्नेबारे प्रहरीले अहिल्यै खुलाएको छैन । पाण्डे अरु घटनामा पनि संलग्न भएको हुनसक्ने र उनले प्रयोग गरेको पेस्तोल नभेटिएकाले पनि प्रहरीले थप विवरण सार्वजनिक गर्न मानेन ।
सम्बन्धित समाचारः
सम्बन्धित खबर
स्याङ्जामा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा एक पक्राउ
लिफ्ट दिने बहानामा महिलामाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ
बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार आरोपमा स्याङ्जाका एक पुरुष पक्राउ
चामलमै ११ थरी विषादी, लामो समय जोगाउन विषादीको अत्याधिक प्रयोग
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु