दुई महिना अघि पोखरा महानगरपालिका वडा नं. १७ महतगौंडा (सितापाईला) मा भएको गोलीकाण्ड प्रकरणमा घाइते भएका मनोज बिकमाथि अन्ततः गोली नै चलेको पुष्टि भएको छ । गोलीको घाउ नदेखिएको भन्दै चिकित्सकलाई उदृत गरी प्रहरीले गोली नचलेको बताएको थियो ।
घटनामा संलग्नलाई कास्की प्रहरीले आज सार्वजनिक पनि गरेको छ । आइतबार (आज) बिहान पोखरा १ सिम्पानीबाट एसपी जीवनकुमार श्रेष्ठ नेतृत्वको टोलीले घटनामा संलग्न ४५ वर्षीय राजकिशोर पाण्डेलाई पक्राउ गरेको हो । पाण्डेलाई मेटलको काम गरिरहेकै अवस्थामा पक्राउ गरिएको एसपी श्रेष्ठले बताए । अभियुक्त पाण्डे बारा बरियापुर वडा नं. ४ पिपराबृता घर भई पर्सा वीरगञ्ज आदर्श नगरमा अस्थायी बसोबास भई पोखरामा मेटल लगायतको काम गर्दै आएका थिए ।
गत माघ २३ गते साँझ ७ बजे आफू माथि गोली प्रहार भयो भन्दै पर्वतको मोदी ८ चित्रे घर भई पोखरा २४ पामे बस्दै आएका मनोज चोट बोकेर बाइकमै बैदाम प्रहरी कार्यालय पुगेका थिए । उनको दाहिने कोखा (पेट)मा घाउको प्वाल थियो ।
सिटी स्क्यान रिपोर्टपछि गोली नलागेको नभई धारिलो हतियार प्रहार भएको प्रहरीले डाक्टरलाई उदृत गर्दै बताएको थियो । अन्ततः गोली नै लागेको पुष्टि भएको कास्की प्रहरी प्रमुख एसपी जीवन कुमार श्रेष्ठले जानकारी दिए ।
पक्राउ परेका पाण्डेको साथबाट ३ राउण्ड गोली, मोबाइल र पर्स पनि बरामद गरिएको छ । वायरिङको काम गर्ने बिक र मेटलको काम गर्ने पाण्डेबीच के कुरामा रिसईबी भयो भन्नेबारे प्रहरीले अहिल्यै खुलाएको छैन । पाण्डे अरु घटनामा पनि संलग्न भएको हुनसक्ने र उनले प्रयोग गरेको पेस्तोल नभेटिएकाले पनि प्रहरीले थप विवरण सार्वजनिक गर्न मानेन ।
सम्बन्धित समाचारः
सम्बन्धित खबर
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
सुन्तला रोप्दै गरेका रेग्मी घाइते बनेको घटनामा धरौटीमा छुटेका शाही पुनः पक्राउ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
दान बहादुर कार्की बने नेपाल प्रहरीको ३३ औं महानिरीक्षक
जेनजी आन्दोलनमा ट्राफिक कार्यालयबाट मोटरसाइकल चोर्ने पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’