डोटी । सेती नदीमा शनिबार दिउँसो नुहाउने क्रममा बेपत्ता भएका सायल गाउँपालिका–४ बस्ने ३१ वर्षीय सूर्यबहादुर बोगटी अझै फेला पर्न सकेका छैनन् ।
उनी बगेर बेपत्ता भएदेखि प्रहरीले खोजी जारी राखे पनि अहिलेसम्म पनि उनको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले बताए । उनले भने, “युवक बगेर बेपत्ता भएको खबर पाएदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको सहयोगमा खोजी जारी राखेका छौँ, अहिलेसम्म फेला पार्न सकेका छैनौँ ।”
दिपायल सिलगढी नगरपालिका–४ दिपायल पिपल्ला नजिक रहेको सेती नदीमा शनिबार नुहाउँदै गर्दा निज युवक एकाएक बेपत्ता भएका थिए । “कपडा नदीको किनारामा भेटिएको तर उनी अहिलेसम्म पनि भेटिएका छैनन्”, इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रुपसिंह थापाले भने, “हामीले हिजो रातिसम्म नदीमा खोज्यौँ, कतै फेला पारेनौँ, अहिले पनि खोजीमा टोली खटिएको छ, खोजी जारी छ ।”
नदीमा पानी धमिलो भएका कारण पनि खोजी कार्यमा केही कठिनाइ भएको उनको भनाइ छ । चैत महिनामा सेतीमा पौडी खेल्दा एक जनाको डुबेर मृत्यु भएको थियो भने शनिबार बोगटी बगेर बेपत्ता भएका छन् । गर्मीयाम शुरु भएकाले सेती नदीमा नुहाउन जाने क्रममा बर्सेनि यहाँका नागरिकको ज्यान जाने गरेको छ ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष