एसके थकाली, मुस्ताङ । प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथमा स्वदेशी तीर्थालुको घुइँचो बढेको छ । नयाँवर्ष तथा चैते दसैँको छेको पारेर तीर्थालु आइरहेका छन् । यो वर्षको चैते दसैं वैशाख ८ गते परेको छ ।
बर्सेनि चैते दसैँ, औंसी तथा बडादसैँ औंसीको सेरोफेरोमा बढी भक्तजन मुक्तिनाथ दर्शन गर्न आउँछन् । एक वर्ष लामो कोरोना कहरपछि मुक्तिनाथ दर्शन गर्ने तीर्थालुको संख्या बढ्न थालेको मुक्तिनाथ विकास समितिका कर्मचारी रविन सुवेदीले जानकारी दिए ।
नेपालमा पनि कोभिडको दोस्रो लहर देखा परे पनि मुस्ताङमा यसको जोखिम नरहेकाले दैनिक २ हजारजनाभन्दा बढीको संख्यामा स्वदेशी भक्तजन मुक्तिनाथ दर्शन गर्न आउने गरेको सुवेदीले बताए ।
मन्दिर व्यवस्थापनले कोभिड रोकथामका लागि आवश्यक सुरक्षा मापदण्डमा भने बेवास्ता गरेको छ । मुक्तिनाथ विकास समितिले भने कोरोनो जोखिम रोकथाम गर्न आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी तीर्थालुलाई दर्शन गर्ने व्यवस्था मिलाएको दाबी गरेको छ ।
मुस्ताङको मुक्तिनाथ र प्युठानको स्वर्गद्वारी धार्मिकस्थल मुक्तिमार्ग भएकाले आफूहरु मुक्तिनाथ दर्शन गर्न आएको झापाकी सलु दाहाल नेपालले बताइन् ।
मुक्तिनाथ क्षेत्र बद्रीनाथ र केदारनाथ धार्मिकस्थल जस्तै अत्यन्तै ठूलो धार्मिक तपोभूमि भएकाले यहाँ आउने पर्यटकका लागि पर्याप्त होटल र धर्मशालाहरुको व्यवस्था गरिनुपर्ने सरोकारवालालाई सुझाइन् ।
काठमाडौंका शुकराज केसीले भने विगत वर्षहरुको तुलनामा मुक्तिनाथ यात्रा सहज भएको दाबी गरे । उनले काठमाडौंबाट मुक्तिनाथसम्म आइपुग्दा कुनै दुखकष्ट झेल्न नपरेको भन्दै अन्य तीर्थालुलाई पनि निर्धक्क मुक्तिनाथ दर्शन गर्न आउन आग्रह गरे ।
उनले उच्च उचाइमा रहेको मुक्तिक्षेत्रमा नेपाली सेनाले अल्टिच्युडले बिरामी पर्ने व्यक्तिको उद्दारका लागि आपतकालीन हेल्थ डेस्क स्थापना गरिएको र मन्दिरमा स्वास्थ्य सुरक्षा मापदण्डको व्यवस्था राम्रो भएको जनाए ।
पछिल्लो समय मुक्तिनाथ मन्दिरमा आन्तरिक तीर्थालुको संख्या बढे पनि मुक्तिनाथ मन्दिरसम्म पुग्ने अपांगमैत्री बाटो नहुँदा वृद्धवृद्धा र अपांग तीर्थालुलाई सास्ती पर्ने देखिएको छ ।
मुक्तिनाथको तल्लो गेटदेखि मुक्तिनाथको उपल्लो गेट पुग्ने सिँढी बाटो निर्माण भइरहेको छ । यसअघि वृद्धवृद्धा र अपांग तीर्थालुलाई सेवा दिने घोडाको सेवासमेत बन्द भएकाले त्यस्ता तीर्थालुलाई मन्दिर पुग्न समस्या परेको छ ।
मुस्ताङमा आन्तरिक तीर्थालु वृद्धि भएसँगै कोभिड माहामारीले थला परेका मुस्ताङका पर्यटन व्यवसायीमा केही उत्साह जगाएको छ ।
वसन्त ऋतुको आगमनसँगै मुस्ताङ होटलहरु तीर्थालुले भरिभराउ हुन थालेको छ । मुस्ताङको स्थानीय कृषि उत्पादनले समेत प्राथमिकता पाउन थालेको छ ।
सम्बन्धित खबर
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
चिसो बढेसँगै अपर मुस्ताङको जनजीवन प्रभावित, अधिकांश होटल बन्द
माथिल्लो मुस्ताङ जान विदेशीलाई दैनिक ५० डलर शुल्क लिने सरकारको निर्णय
मुस्ताङ घुम्न गएका तीर्थालुको लेक लागेर मृत्यु
मुस्ताङका उच्च हिमाली पदमार्गमा बुधबारसम्म यात्रा नगर्न प्रशासनको आग्रह
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु