त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसले पठनपाठनको विधि आफैं रोज्न पाउने भएका छन् । सरकारले कोरोना भाइरस अति प्रभावित जिल्लाहरुको शिक्षण संस्था बन्द गर्ने निर्णय गरेपछि त्रिविले भने अनलाइनमार्फत वा भौतिक रुपमा कक्षा सञ्चालन गर्ने निर्णय सम्बन्धित क्याम्पसलाई नै गर्न दिएको हो ।
क्याम्पसले संक्रमितको अवस्था हेरी वैकल्पिक माध्यमबाट वा भौतिक उपस्थितिमा प्रत्यक्ष कक्षामा पठनपाठन गराउने भन्ने विषय रोजेर त्यहि अनुसार पठनपाठन गराउन पाउने छन् ।
पठनपाठन भर्चुअल गर्ने कि भौतिक रूपमा भन्ने निर्णय गर्ने अधिकार सम्बन्धित क्याम्पसलाई नै जिम्मा दिइएको शिक्षाध्यक्ष शिवलाल भुसालले जानकारी दिए । त्यही अनुसार नेपाल ल क्याम्पसले सोमबारदेखि एलएलएमका विद्यार्थीलाई अनलाइन कक्षा सञ्चालन गरेको छ ।
परीक्षा नरोकिने
त्रिवि परीक्षा नियन्त्रण कार्यालयले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर परीक्षा सचालन गरिने बताएको छ । हाल स्नातक तह दोस्रो वर्षको परीक्षा पनि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी सञ्चालन गरिएको छ । बिहान र दिउँसो गरी दुई सिफ्टमा, मास्क, सेनिटाइजर, हात धुने साबुनको व्यवस्था, भौतिक दूरी लगायत सबै स्वास्थ्य सुरक्षाको मापदण्ड कडाइका साथ लागु गर्दै सबै परीक्षा सञ्चालन गर्न परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई सूचित गरिसकेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए ।
स्नातक तहको परीक्षा व्यवस्थापन संकायको १२ गते, शिक्षा संकायको १४ गते, मानविकी संकायको १७ गते र विज्ञान संकायको १९ गते सकिनेछ ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष