पश्चिम नवलपरासीमा एक थान पेस्तोलसहित एकजना पक्राउ परेका छन् । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ तरेनीनिवासी २२ वर्षीय सुनील भेडिहारलाई रामनगर प्रहरी चौकीले सोमबार लोड गरेको पेस्तोलसहित पक्राउ गरेको छ ।
सोमबार बिहान नेपाल–भारत सीमा क्षेत्र सुस्ता गाउँपालिका– ५ रामनगरमा पर्ने ४ नं. ठोकरमा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।
भारतीय नम्बर प्लेटको युपी ५७ ए जेड ५०१९ नम्बरको मोटस्थित भारततर्फबाट नेपालतर्फ आउँदै गरेका उनलाई प्रहरीले चेकजाँच गर्ने क्रममा पेस्तोलसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक राजु लामाले बताए ।
प्रहरीले उनको साथबाट एक राउन्ड चेम्बर लोड भएका टाइप ५४ जस्तो देखिने म्यागजिनसहितको पेस्तोल बरामद गरी सार्वजनिक गरेको छ । पक्राउ परेका सुनील भेडिहारलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
‘सफल सादा दही’ पोखरा बजारमा उपलब्ध
कास्कीको अन्नपूर्णमा सामुदायिक बनमा आगो लगाउने एक व्यक्ति पक्राउ
पोखराको हर्पन खोलामा डुबेर एक बालकको मृत्यु
पोखरामा अवैध लागु औषधसहित २ जना पक्राउ
पोखरामा पैदल यात्रीलाई दु:ख दिने तथा प्रहरी विरुद्ध अभद्र व्यवहार गर्ने एकजना पक्राउ
वैदेशिक रोजगारका नाउँमा ठगी धन्दा, झन्डै ५ करोड ठगी गरेको आरोपमा ६ जना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग