गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा – नेपालगंजबाट पोखरातर्फ आउंदै गरेको बस चेकजाँच गर्ने क्रममा प्रहरीले लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ ।
पृथ्वीराजमार्ग अन्तर्गत पोखरा महानगरपालिका -३२ मजुवास्थित सडक खण्डमा गगनगौंडाबाट खटिएको प्रहरीको टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा अवैध लागु औषध सहित पोखरा -९ पृथ्वीचोक बस्ने २० वर्षीय रमेश गुरुङ र २६ वर्षीय प्रकाश गुरुङलाई पक्राउ गरेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।
हमालका अनुसार प्रहरीले उनीहरुको साथबाट लागु औषध डाईजेपाम ५८ एम्पुल, फेनेरागन ५८ एम्पुल, नुर्फिन ५८ एम्पुल गरी जम्मा १७४ एम्पुल अवैध लागु औषध वरामद गरेको छ ।
पक्राउ परेका उनीहरुमाथि लागु औषध सम्बन्धी कसूर अन्तर्गत थप अनुसन्धान कार्य अगाडी बढाईएको छ ।
सम्बन्धित खबर
पर्वतको जलजलामा दम्पती हत्याकाण्ड: दुई आरोपी प्रहरीद्वारा सार्वजनिक
पोखरामा छोरीसँग झगडा गरेको भन्दै युवतीमाथि हतियार प्रहार गर्ने स्याङ्जाका सोम प्रकाउ
पोखरामा अवैध लागु औषधसहित २ जना पक्राउ
पोखरामा पैदल यात्रीलाई दु:ख दिने तथा प्रहरी विरुद्ध अभद्र व्यवहार गर्ने एकजना पक्राउ
वैदेशिक रोजगारका नाउँमा ठगी धन्दा, झन्डै ५ करोड ठगी गरेको आरोपमा ६ जना पक्राउ
मनाङमा लुलुगाई मारेको आरोपमा ३ जना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग