पर्वत, १७ चैत / पर्वतको गुप्तेश्वर बहुमुखी क्याम्पस, स्वतन्त्र विद्यार्थी यूनियनका सभापतिसहित तीन यूवा एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।
बिहीबार राती कुश्मा नगरपालिका–४ छमर्के घुम्तीको एक होटलमा युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा नेपाल विद्यार्थी संघबाट निर्वाचित स्ववियु सभापति शिशिर क्षेत्रीसहित तीन युवा पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा स्ववियु सभापति कुश्मा नगरपालिका–१ पाङका क्षेत्रीसहित कुश्मा नगरपालिका–५ मेलमिलापचोकका सुजल श्रेष्ठ र फलेवास नगरपालिका–६ देविस्थानका सौगात शर्मा पौडेल रहेको प्रहरीले जनाएको छ । उनीहरुले युवतीको बलात्कार गरेको आरोप छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारी अनुसार बाग्लुङको चैते दसैँ मेला अवलोकन गरेर फर्किँदै गरेका दुई युवतीलाई बिहीबार दिउँसो ३ बजेदेखि मालढुंगाबाट लिएरका आएका श्रेष्ठ र पौडेलले गेष्टहाउसमा राखेपछि शिशिरलाई बोलाएका थिए ।
दिउँसैदेखि खाजा खाँदै छमर्के स्थित न्यू सेवा गेष्ट हाउसमा बसेका दुई युवती मध्ये एक युवती भाग्न सफल भएकी र अर्की स्याङजा जिल्ला घर भएकी १६ वर्षकी युवतीलाई भाग्न खोज्दा खोज्दै समातेर जर्बजस्ती करण गरेको बुझिएको प्रहरीले बताएको छ । प्रहरीले होटल मालिक नारायण भन्ने शेरबहादुर हमाललाई पनि अनुसन्धानका लागि पक्राउ गरेको छ ।
भाग्न सफल युवतीले आफन्तलाई खबर गरेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले खोजतलास गर्दा सोही होटलमा तीनैजना युवासहित एक युवतीलाई भेटेको थियो । प्रहरीले स्वास्थ्य जाँच गर्दा समेत बलात्कार पुष्टि भएको छ । घटनास्थलबाट कण्डम समेत बरामद गरेको प्रहरीले जनाएको छ । पीडित युवती र घटनामा संलग्न युवाबिच यसअघि कतै पनि भेट तथा चिनजान नभएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
पीडित युवतीका आफन्तलाई बोलाएर जबर्जस्ती करणी अन्तर्गत मुद्दा दायर गर्ने प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक दिलिप घिमिरेले बताए । घटनामा संलग्न तीनैजना आरोपितलाई म्याद थपेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पर्वतको कुस्माबजारमा एक युवतीलाई सामुहिक बलात्कारको आरोप लागेका तीन युवा सहित होटल सञ्चालकका बिरुद्ध प्रहरीले म्याद थप गरेर अनुसन्धान शुरु गरेको छ ।

सम्बन्धित खबर
पर्वतमा मोदीखोला संकटमा, लहरै चार वटा जलविद्युतका कारण सुख्खा
पर्वत जिल्ला इन्टर स्कुल टि-२० क्रिकेट प्रतियोगिताको उपाधि मङ्गोलदय माविलाई
पर्वत जिल्ला ईन्टर स्कुल टि–२० क्रिकेट प्रतियोगिता सुरुः नारायण मावि र सरस्वती माविको विजय सुरुवात
पर्वतका ३१ विद्यालयमा विद्यार्थी शून्य, रित्ता विद्यालयमा अझै शिक्षक
पर्वतको लाङ्दीमा पहिरोमा घर पुरिँदा श्रीमान श्रीमतीको मृत्यु
कुश्माबजारको घण्टाघर दुई वर्षदेखि प्रयोगहीन
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह