काठमाण्डौ – उपत्यकामा कोरोना सङ्क्रमित बढेसँगै प्रशासनले हाल जारी निषेधाज्ञामा थप कडाइ गर्ने भएको छ। अब बैंक तथा वित्तीय संस्थाहरूका एक चौथाइ शाखाहरूमा एक चौथाइ मात्र कर्मचारी राखी सञ्चालन गर्न दिने भएको हो। त्यसै गरी पत्रकारलाई समेत अब आफ्नो कार्यालयले जारी गरेको परिचयपत्रको भरमा हिँडडुल गर्न रोक लगाइने भएको छ।
नेपाल राष्ट्र बैंकसँगको समन्वय र सहजीकरणमा बैंकका शाखा कम कर्मचारीबाट चलाउने, अत्यावश्यक सेवाबाहेक अन्य कार्यालयहरू एक चौथाइ कर्मचारीद्वारा सञ्चालन गर्ने नीति अवलम्बन गरिँदै छ।
सञ्चारकर्मीको नाममा अनधिकृत आवागमन बढेपछि अब १९ गते आइतबार देखि काठमाडौँ उपत्यकाको हकमा सूचना तथा प्रसारण विभागबाट र अन्य जिल्लाका हकमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको प्रेस पास मात्र मान्य हुने गरिएको छ ।
उद्योग व्यवसाय सञ्चालन तथा सार्वजनिक निर्माण कार्य नियमित राख्न कर्मचारी एवं श्रमिकलाई उद्योगभित्रै बास तथा खानाको व्यवस्था गरी उद्योग व्यवसाय सञ्चालन गर्ने व्यवस्था मिलाइएको प्रशासनले जानकारी दिएको छ। कोभिड -१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि आवश्यक सामग्री मास्क, स्यानिटाइजर, साबुन, पञ्जा, अक्सिजन उत्पादन गर्ने उद्योग, कलकारखाना स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्ने तयारीमा सरकार लागेको छ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
सवारी कारबाहीबाट एक करोड १५ लाख ३० हजार रुपैयाँ राजस्व
पोखरामा ओमोडा ई ५ प्रो, सेलिब्रेसन इभेन्ट गरिँदै
छ महिनामा स्याङ्जा ट्राफिकद्वारा झण्डै ५२ लाख राजस्व संकलन
यो पनि पढौँ
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन
प्रधानमन्त्री बालेन शाह शुक्रबार मुस्ताङ जाँदै
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित