कास्कीसँगै स्याङ्जा र बाग्लुङमा पनि वैशाख २१ गते मंगलबार देखि पूर्ण लकडाउन हुने भएको छ।
तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको छुट्टा–छुट्टै बैठकले उक्त निर्णय गरेको हो। कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि लकडाउन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारीहरुले बताएका छन्।
लकडाउनमा तरकारी तथा फलफूल, खाद्यान्न, औषधिलगायतका पसल खुले पनि अन्य बजार पसल बन्द हुनेछन्। यस्तै, सार्वजनिक तथा निजी सवारी साधन चलाउन नपाउने, अनावश्यक रुपमा मानिस घरबाहिर निस्कन नपाउने लकडाउन सम्बन्धी आदेशमा उल्लेख छ।
मंगलबारदेखि लागू हुने गरी जारी भएको लकडाउन कास्की र बाग्लुङमा ३१ गतेसम्म रहनेछ भने स्याङ्जामा ३० गतेसम्म हुने प्रशासनले जारी गरेको आदेशमा उल्लेख छ।
गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या २०४३ पुगेको छ। जसमा १५६ जना अस्पतालमा उपचाररत छन् भने १ हजार ८८७ जना होम आइसोलेसनमा रहेको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए।
गण्डकी प्रदेशमा हालसम्म २३२ जना कोरोना संक्रमितले ज्यान गुमाइसकेका छन्। जसमध्ये २४ घण्टा यता मात्रै ८ जना संक्रमितको मृत्यु भएको डा. शर्माले बताए।
सम्बन्धित खबर
बागलुङमा रुखबाट खसेर एक जनाको मृत्यु
एमाले बागलुङको अध्यक्षमा पुनः केसी, सर्वसम्मत कमिटी चयन
महिलाहरुको लागि उद्घोषण सम्बन्धी तालिम
एमाले बागलुङको १० औँ जिल्ला अधिवेशनको तयारी पूरा
बागलुङ नारायणस्थानमा निःशुल्क स्वास्थ्य शिविर, २३ सय बढी लाभान्वित
प्रेस सेन्टर नेपाल बागलुङद्वारा स्वर्गीय पत्रकार बिक्रमको परिवारलाई आर्थिक सहयोग
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग