गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
बाग्लुङ – माटोको ढिस्कोले पुरिएर आमा छोराको मृत्यु भएको छ ।
जिल्लाको निसीखोला गाउँपालिका–२ फलाँटेचौरमा माटोको ढिस्कोले पुरिएर सोही स्थान निवासी ३३ वर्षीया भवी कुवँर र उनका छोरा १४ वर्षका सुरेश कुँवरको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
प्रहरीका अनुसार घरबाट अन्दाजी २ किलोमिटर पश्चिमतर्फ रहेको उक्त स्थानमा घर पोत्ने माटो लिन पुगेकोमा माटो खन्ने क्रममा माथिबाट आएको ढिस्कोले पुरिँदा घटनास्थलमै दुबैको ज्यान गएको हो।
घटनाको जानकारी लगत्तै इलाका प्रहरी कार्यालय झिवाखोलाका प्रहरीको टोली र स्थानीयवासीको सक्रियतामा पुरिएका शव निकालिएको छ ।
हाल मृतक भवीका श्रीमान् रोजगारीका क्रममा भारतमा रहेको परिवारले बताएको छ । उहाँका अरु दुई छोरा रहेको स्थानीयवासीले बताएका छन् ।
सम्बन्धित खबर
बागलुङमा आगलागीबाट ४ घरगोठ जलेर नष्ट
बागलुङमा रुखबाट खसेर एक जनाको मृत्यु
एमाले बागलुङको अध्यक्षमा पुनः केसी, सर्वसम्मत कमिटी चयन
महिलाहरुको लागि उद्घोषण सम्बन्धी तालिम
एमाले बागलुङको १० औँ जिल्ला अधिवेशनको तयारी पूरा
बागलुङ नारायणस्थानमा निःशुल्क स्वास्थ्य शिविर, २३ सय बढी लाभान्वित
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग