दक्षिण कोरियाले कोरोना सङ्क्रमण भए नभएको थाहा पाउन आफैँले परीक्षण गर्न मिल्ने किट निर्माण गरेको छ । किट कोरियाका २ औषधि निर्माता कम्पनी हुमासिस र एसडी बायोसेन्सरले निर्माण गरेका हुन् ।
यो किटमार्फत आफूलाई कोरोना लागेको शङ्का लागेमा घरमै बसेर आफ्नो परीक्षण गरी निश्चित हुन सकिन्छ । घरमै बसी आफ्नो स्वाबमार्फत परीक्षण गरिने यो किटले परिक्षण गरेको १५ मिनेटमै कोरोना भाइरस लागे नलागेको पत्ता लगाउन सकिन्छ ।
यतिमात्र नभई यो किट अब हरेक २४ घण्टे पसलहरूमा सहजै उपलब्ध हुने भएको छ । यहाँका जी एस–२५, सेभेन इलाभेन, इ–मार्टलगायत २४ घण्टे पसल बाटै सजिलै खरिद गर्न सकिने उक्त किटको खुद्रा मूल्य १० हजार कोरियन वन अर्थात झण्डै १ हजार नेपाली रुपैयाँ पर्छ ।
यसको सहायताले अब प्रयोगकर्ताले सहजै आफ्नो नतिजा थाहा पाई सकारात्मक आए सेल्फ आइसोलेशन बस्ने तथा थप पिसिआर जाँच गरी स्वास्थ्य सुरक्षा अपनाउन सक्नेछन् । कोरियामा पछिल्लो समय कोरोना भाइरसको प्रकोप थप बढ्न थालेपछि सरकारले परीक्षणको दायरा बढाउन उक्त नीति अबलम्बन गरेको बताईएको छ ।
सम्बन्धित खबर
रुसी सेनामा भर्ती भएका तनहुँका नौ युवा सम्पर्कविहीन
अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित
दूधमा पनि बर्ड फ्लूको भाइरस फेला
भारतमा सवारी दुर्घटना हुँदा ७ नेपालीको मृत्यु
यूएईमा एक नेपाली महिलाको मृत्यु, श्रीमान् फरार
पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु, अर्का एक बेपत्ता
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग