क्यान्बेरा । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले देशको अन्तर्राष्ट्रिय सीमा तत्कालै खोल्न अझै सुरक्षित नरहेको बताएका छन् । राजनीतिक दलका नेताहरु र व्यावसायिक व्यक्तिहरुले अस्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा खोल्नेतर्फ लचकता अपनाउन गरिएको आग्रहलाई अस्वीकार गर्दै प्रधानमन्त्री मोरिसनले अझै पनि कोभिड–१९ को महामारीका कारण सीमा खोल्न सुरक्षित नरहेको स्पष्ट गरे ।
अस्ट्रेलियाको संसदमा सरकारले प्रस्तुत गरेको सन् २०२१–२२ को बजेटले पनि देशको अन्तर्राष्ट्रिय सीमा आगामी सन् २०२२ को मध्यसम्म खुला नहुने सङ्केत गरेको छ । प्रधानमन्त्री मोरिसनले सोमबार संवाददाताहरुसँग भने, “अहिल्यै कुनै कदम चालिहाल्नु त्यति सुरक्षित छैन । एक दिन सीमा खोल्ने, अर्को दिन बन्द गर्ने कार्य त्यति व्यवहारिक हुँदैन । यसरी हुँदैन ।”
उनले अगाडि भने, “खासमा समग्र सीमा व्यवस्थापन मुख्य कुरा हो, सुरक्षित भएको सुनिश्चित नहुँदासम्म सीमा खोल्न सकिँदैन ।” प्रधानमन्त्री मोरिसनले अर्को कदमका रुपमा सबै अस्ट्रेलियाली नागरिकलाई खोप लगाउनुका साथै अन्तर्राष्ट्रिय विद्यार्थी र आप्रवासी कामदारलाई अस्ट्रेलिया फर्काउन सहजीकरण गरिने स्पष्ट गरे ।
हालै गरिएको जनमत सर्वेक्षणमा अधिकांश व्यक्तिले सीमा सम्बन्धी प्रधानमन्त्री मोरिसनले लिनु भएको कदमको समर्थन गरेलगत्तै प्रधानमन्त्री मोरिसनले उक्त धारणा व्यक्त गरेका हुन् । आइतबार राति सार्वजनिक गरिएको पछिल्लो न्यूजपोलमा ७३ प्रतिशत मतदाताले सरकारको सीमा सम्बन्धी नीतिको समर्थन गरेका थिए । उनीहरुले आगामी सन् २०२२ को मध्यसम्म सीमा बन्द गर्नुपर्ने बारेमा अभिमत राखेका थिए । सिन्ह्वा
सम्बन्धित खबर
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु
इरानको ड्रोन आक्रमणमा परी युएईमा १५ नेपाली घाइते
अमेरिका र इजरायलले गरेको आक्रमणमा इरानका सर्वोच्च नेता खामेनेई मारिएको पुष्टि
१९ लाख नेपालीलाई उच्च सतर्कता अपनाउन अपिल
मध्यपूर्व क्षेत्रमा तनाव उत्पन्न भएपछि विश्वभर उडान प्रभावित, त्रिभुवन विमानस्थलमा यात्रुहरु अलपत्र
बंगलादेशमा तरिकको नेतृत्वमा नयाँ सरकार बन्दै, मन्त्रीका लागि कार तयार
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु