पूर्व फुटबल खेलाडी तथा प्रशिक्षक बिल तामाङको पोखरामा निधन भएको छ । हाल सहारा हङकङका उपाध्यक्ष रहेका उनी सहारा क्लबका पूर्व खेलाडी तथा प्रशिक्षक थिए ।
कोभिड १९ बाट संक्रमित भएका तामाङको उपचारको क्रममा निधन भएको । दुई साता अघि संक्रमण पश्चात गण्डकी मेडिकल कलेज (जिएमसी)मा उपचारर्थ तामाङको मंगलबार बिहान ३ः३० मा निधन भएको हो ।
सहारा क्लव पोखरामा प्रशिक्षकको रुपमा २०५८ सालबाट आवद्ध तामाङले हालै मात्र एफसी÷एन्फा ‘ए’ लाइसेन्स प्राप्त गरेका थिए । सन २००१ देखि २००३ सम्म भारतको पटियालामा प्रशिक्षण लिएर फुटबल प्रशिक्षणमा ‘फर्ष्ट क्लास’ भएका उनी नेपाली फुटबल प्रशिक्षक ‘फर्ष्ट क्लास’ हुने पहिलो नेपाली फुटबल प्रशिक्षक समेत थिए ।
उनी भन्थे– ‘हङकङमा बसेर पनि मैले नेपाली पासपोर्ट त्यागेको छैन, म आफ्नो जन्म भूमीमा केही गरेर देखाउन चाहन्छु, मलाई यसमा झिनो आशा अझै बाँकी छ ।’ पोखरा १३, संगमटोल निवासी तामाङ गत फागुनमा हङकङबाट एफसी लाइसेन्सका लागि नेपाल आएका थिए ।
पूर्व राष्ट्रिय फुटबल खेलाडीसमेत रहेका बिल सहारा क्लवमा प्रशिक्षकको रुपमा आवद्ध रहँदा धेरै पोखरेली फुटबल खेलाडी उत्पादनमा अहम् भूमिका खेलेका थिए । ४५ वर्षिय तामाङका श्रीमती र एक छोरा छन् । उनको निधनमा सहारा क्लबलगायत फुटबल सम्बद्ध संघसंस्था एवं शुभेच्छुकले शोक व्यक्त गरेका छन् ।
सम्बन्धित खबर
नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई
शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्यः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’