काठमाण्डौ । चालु आर्थिक वर्ष २०७७/७८ मा पनि प्रदेश सरकारको बजेटको खर्च निराशाजनक देखिएको छ।
बजेट खर्च गर्ने कार्यविधि, खर्च गर्ने क्षेत्रको पहिचानमा ढिलाई र काम गर्ने कर्मचारी व्यवस्थापन नहुँदा प्रदेश सरकारको बजेट खर्च निकै न्यून देखिएको हो । जसको कारण यस वर्ष पनि जनअपेक्षाका काम हुन नसक्ने निश्चित नै देखिएको छ । त्यसो त, वर्षको अन्तिमतिर कोभिड १९ महामारी रोकथाम तथा नियन्त्रणका लागि अहिले जारी निषेधाज्ञाले पनि बजेट खर्चमा प्रभाव पारेको छ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार वैशाख मसान्तसम्ममा संघ सरकारको बजेट खर्च करिब ५६ प्रतिशत रहेकोमा प्रदेश सरकारहरुले भने औसत करिब ३६ प्रतिशत मात्रै बजेट खर्च गरेका छन् ।
प्रदेशगत रुपमा बजेट खर्चको अवस्था हेर्दा सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा ४९.४७ र सबैभन्दा कम कर्णाली प्रदेशमा २१.२१ प्रतिशत बजेट खर्च भएको छ । प्रदेश नम्बर १ मा ४२.५३ प्रतिशत, प्रदेश नम्बर २ मा २५.७२ प्रतिशत र बागमती प्रदेशमा ३८.६१ प्रतिशत बजेट खर्च भएको छ । त्यस्तै गण्डकी प्रदेशमा ३६.३५ प्रतिशत र सुदूर पश्चिम प्रदेशमा ३३.३८ प्रतिशत मात्रै बजेट खर्च भएको छ ।
चालु आर्थिक वर्षका लागि प्रदेश नंम्बर १ ले ४० अर्ब ८९ करोड, बागमती प्रदेशमा ५१ अर्ब ४२ करोड, गण्डकी प्रदेशमा ३४ अर्ब ८४ करोड, लुम्बिनी प्रदेशमा ३६ अर्ब ३५ करोड, कर्णाली प्रदेशमा ३३ अर्ब ७४ करोड, र सुदूरपश्चिम प्रदेशमा ३३ अर्ब ३८ करोड रुपैयाँ बराबरको बजेट ल्याइएको थियो ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
सवारी कारबाहीबाट एक करोड १५ लाख ३० हजार रुपैयाँ राजस्व
पोखरामा ओमोडा ई ५ प्रो, सेलिब्रेसन इभेन्ट गरिँदै
छ महिनामा स्याङ्जा ट्राफिकद्वारा झण्डै ५२ लाख राजस्व संकलन
यो पनि पढौँ
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन
प्रधानमन्त्री बालेन शाह शुक्रबार मुस्ताङ जाँदै
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित