तनहुँ । शुक्लागण्डकी नगरपालिका–५ बेलचौताराको तनहुँ सोलार फार्म प्रालिले सोलारबाट कम्तीमा ५ मेगावट क्षमताको विद्युत उत्पादन गर्ने कार्य ९० प्रतिशत पुरा भएको छ ।
नेपाल विद्युत प्राधिकरण दमौलीको ३३ केभिएबाट लाइन जडान गरिएपनि शुक्लागण्डकी नगरपालिकावासीले विद्युत जाने समस्या भोग्नुपरेपछि त्यसको विकल्पमा सोलारबाट विद्युत उत्पादन गर्न लागिएको हो ।
रातको तुलनामा दिनमा झण्डै नौ÷दश पटकसम्म विद्युत जाने समस्याले सास्ती भोग्नुपरेपछि नगरपालिकाका व्यवसायी र एनआरएनएको एमसीआई गु्रपसहितको संयुक्त लगानीमा विद्युत उत्पादन गर्न लागिएको फार्मका व्यवस्थापक हरिकुमार श्रेष्ठले जानकारी दिए । शुरुमा उत्पादित विद्युत प्राधिकरण दमौली सवस्टेशनलाई दिने सहमति भएपनि अहिले बेलचौतारामा सबस्टेशन निर्माण भएपछि फार्मलाई फाइदा पुगेको छ ।
बेलचौताराबाट दमौली सवस्टेशनसम्म लैजादाँ झण्डै रु तीन करोड खर्च हुने देखिएपनि नगरपालिकामा सबस्टेशन बनेपछि धेरै रकम खर्च हुनबाट जोगिएको उनले बताए। बेलचौतारादेखि दमौलीसम्म विद्युत बिस्तार गर्दा पोल गाड्ने, रुख कटान र जग्गा विवाद लगायतका झमेलाले सहज रुपमा काम गर्ने वातावरण हुदैन्थ्यो । उनले भने, “अब सहज परिस्थिति भएकोले सहज रुपमा काम अघि बढाइनेछ ।”
सम्बन्धित खबर
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’