पोखरा । नयाँ भेरिएन्ट सहितको कोरोना संक्रमणको फैलावटलाई चेन ब्रेक गर्न सरकारले निषेधाज्ञा लगाएको पनि झन्डै तीन साता भइसक्यो । देशका अधिकांश उद्योग व्यवसाय अहिले बन्द छ । आर्थिक गतिविधि चलायमान हुन पाएका छैनन् । तर, पछिल्लो समय जलविद्युत कम्पनीको सेयरमा उल्लेख्य वृद्धि आएको छ । बजारको गति हेर्दा जलविद्युत्को सेयरमा आश्चर्यजनक वृद्धि देखिएको छ ।
नेपाल स्टक एक्सचेञ्जमा कूल ४० जलविद्युत् कम्पनी सूचीकृत छन् । अधिकांश कम्पनीको सेयरको वृद्धिदर राम्रो देखिन्छ । केही कम्पनीको सेयरमा त सकारात्मक सर्किट नै लागेको अवस्था छ ।
त्यसो त अन्य क्षेत्र कोरोना महामारीले प्रभावित भएपनि सञ्चालनमा रहेका जलविद्युत् कम्पनीबाट बिजुली उत्पादन भइरहेको छ, उनीहरुको आम्दानीमा कमी हुन पाएको छैन । तुलनात्मक मात्रामा बिजुली उत्पादन कम भएपनि हिँउदेयाममा प्रतियूनिट ८ रुपैयाँ ४० पैसामा विद्युत् खरिद सम्झौता भएका कारण पनि जलविद्युत् कम्पनीको आम्दानीमा कमी आएको छैन ।
कोरोनाले अन्य क्षेत्र प्रभावित हुँदा ऊर्जा उत्पादन गरिरहेका जलविद्युत् कम्पनीलाई कुनै समस्या नआउनु एउटा कारण हुन सक्ने जानकारहरुको भनाइ छ ।
हेर्नुहोस् ! जलविद्युत् कम्पनीको ६ महिनाको अवधिमा (जेठ बिहीबारसम्म) सेयरमा आएको वृद्धिदर ।

सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
सवारी कारबाहीबाट एक करोड १५ लाख ३० हजार रुपैयाँ राजस्व
पोखरामा ओमोडा ई ५ प्रो, सेलिब्रेसन इभेन्ट गरिँदै
छ महिनामा स्याङ्जा ट्राफिकद्वारा झण्डै ५२ लाख राजस्व संकलन
यो पनि पढौँ
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन
प्रधानमन्त्री बालेन शाह शुक्रबार मुस्ताङ जाँदै
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित