पोखरा । गण्डकी प्रदेशसभाको आजको बैठकमा आर्थिक वर्ष २०७८/७९ को बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरिएको छ ।
बैठकमा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री किरण गुरुङले आगामी बजेट कोरोना महामारीका कारण सिर्जित चुनौतीको सामना गर्दै जनजीवनलाई समान्यीकृत बनाउन र वर्तमान सरकारले अघि सारेका विकास, सुशासन र समृद्धिको मार्गमा देखापरेका असरलाई निराकरण गर्दै प्रादेशिक अर्थतन्त्रलाई गतिशील बनाउन केन्द्रित हुने बताए ।
कोरोनाको दोस्रो लहरबाट हुने क्षति र असरलाई कम गर्न रोकथाम, नियन्त्रण र औषधोपचार तथा सबै नागरिकलाई खोप उपलब्ध गराउने व्यवस्थालाई पहिलो प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम ल्याइने उनले बताए। सङ्घ, प्रदेश र स्थानीय तहबीचको आपसी समन्वय र सम्बन्धलाई थप सुदृढ गरिने बताउँदै उनले भने, ‘‘कोरोना महामारीका कारण प्रभावित अर्थतन्त्रलाई गतिशील र चलायमान बनाउँदै पुनः पहिलेको अवस्थामा फर्काउनेतर्फ लागिने छ ।’’
पूर्वाधार विकास, उत्पादनमुखी साथै गरिबी निवारणका कार्यक्रमलाई जोड दिइने मन्त्री गुरुङको भनाइ छ । उनले प्रदेशको राजश्व प्रणालीलाई न्यायपूर्ण, पारदर्शी र प्रविधिमा आधारित बनाई आन्तरिक आयलाई प्रदेशको आम्दानीको मूल आधारका रुपमा विकास गर्न जोड दिइने छ भने । सार्वजनिक खर्चलाई व्यवस्थित गर्दै आर्थिक, भौतिक तथा सामाजिक पूर्वाधार विकासका क्षेत्रमा स्रोत र साधन केन्द्रित गरिने मन्त्री गुरुङले बताए।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
सवारी कारबाहीबाट एक करोड १५ लाख ३० हजार रुपैयाँ राजस्व
पोखरामा ओमोडा ई ५ प्रो, सेलिब्रेसन इभेन्ट गरिँदै
छ महिनामा स्याङ्जा ट्राफिकद्वारा झण्डै ५२ लाख राजस्व संकलन
यो पनि पढौँ
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन
प्रधानमन्त्री बालेन शाह शुक्रबार मुस्ताङ जाँदै
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित