लमजुङ । जिल्लामा कोरोना सङ्क्रमण फैलिरहेकाले यस सङ्क्रमणको रोकथाम गर्न जिल्ला प्रशासन कार्यालयले जिल्लामा सात दिन थप निषेधाज्ञा थप गरेको छ । कोभिड व्यवस्थापन समितिको आज बसेको बैठकले निषेधाज्ञा थप गर्दै यही जेठ २७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरेको हो ।
प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलका अनुसार जिल्लामा कोरोना सङ्क्रमण व्यापक रुपमा फैलिँदै गइरहेकाले यसबाट नागरिकलाई बचाउनका लागि निषेधाज्ञा पुनः थप गरिएको हो ।
सो बैठकले यस अवधिका मानिसहरुको आवतजावतलाई नियन्त्रण गर्नका लागि आवश्यक देखिएकाले बैँक, वित्तीय संस्था र सहकारी संस्थाहरु हप्तामा दुई दिन आइतबार र बिहीबार दुई÷दुई घण्टा खोल्ने निर्णयलाई यथावत् राख्ने निर्णय गरेको जनाएको छ ।
त्यस्तै, जिल्लाभित्र सञ्चालन हुने ढुवानीका साधनलाई बेलुका ६ बजेदेखि बिहान ९ बजेसम्म र जिल्ला बाहिरबाट यस जिल्लामा प्रवेश गर्ने ढुवानीका साधनलाई बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्म मात्र आवतजावत गर्न दिने निर्णय पनि यथावत रहेको जिल्ला प्रशासनले जनाएको छ ।
सम्बन्धित खबर
घलेगाउँ-भुजुङ सडक कालोपत्र
श्रीमानको कुटाइबाट घाइते उजेलीको पोखरामा मृत्यु
पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध
[अपडेट] त्रिशूलीमा ट्याक्सी खस्दा मृत्यु भएका ५ जनाको परिचय खुल्यो,
लमजुङमा बालिकालाई जबर्जस्ती करणी गर्न खोज्ने पक्राउ
पसगाउँ हेर्नुहोस् १२ तस्वीरमा
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग