गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
लमजुङ । ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु हुनाको साथै एकजना घाइते भएका छन्।
आज दिउँसो १ :५० बजेको समयमा जिल्लाको राईनास नगरपालिका -७ भैंसे खोला स्थित तिनपिप्लेतर्फ जाँदै गरेको ग १ त ५६१४ नंवरको ट्याक्टर आफै अनियन्त्रित भइ पल्टिएर च्यापिंदा ट्याक्टरमा सवार राईनास -४ निवासी अन्दाजी ६० वर्षीय राम बहादुर कुमालको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए।
सिलवालका अनुसार दुर्घटनामा ट्याक्टरका चालक अन्दाजी ३० वर्षीय एक बहादुर कुमाल समेत घाइते भएका छन्। उनको स्वास्थ्य अवस्था मध्यम रहेको छ। उनलाई उपचारका लागि जिल्ला अस्पताल लमजुङ लगिएको छ भने घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ।
सम्बन्धित खबर
कागबेनीमा कलेज बस दुर्घटना, २१ जना घाइते
फूलबारीमा अटो दुर्घटना हुँदा दुई जना घाइते
चितवनमा बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु
पोखराको चाउथेमा दुर्घटना: १९ वर्षीया खुसीको मृत्यु, स्कुटर चालक विनिता घाइते
मोटरसाइकल दुर्घटनामा पत्रकार यादवको मृत्यु
मोटरसाइकल दुर्घटनामा श्रीमान–श्रीमतीको मृत्यु
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग