मकर
वर्षको ग्रह गोचर आश्विन १८ सम्म निकै प्रतिकूल रहनेछन् । आद्य साढेसाति को प्रभाव वर्षभरि नै रहनेछ । हड्डी, नसा कमजोर भई शरीर शिथिल हुने, मन विचलित हुने हुँदा सक्दो आराम गर्ने प्रयास गर्नुहोला । अनावश्यक विवाद र अनावश्यक खर्चलाई धान्नै मुस्किल पर्नेछ । व्यवसायिक मार्ग अत्यन्तै प्रतिकूल रहनेछ ।
वैदेशिक कार्यमा अनियन्त्रित ह्रास आउनेछ । प्रेमको सम्वन्ध बिनाकारण बिग्रन गई मनमा पीडा खपि नसक्नु हुनेछ । पतिपत्नीबीचको सम्बन्ध कमजोर हुनुको साथै परिवारिक आलोचना पनि सामना गर्न मुस्किल पर्नेछ । सानो भूलको परिणाम ठूलो बनेर निस्कनेछ । पुराना समस्यालाई कोट्याएर अप्ठ्यारोमा पार्ने काम शत्रुले गर्नेछन् ।
हरेक काम गर्दा संवेदनशिल भएर लाग्नु पर्ने हुन्छ । मानसिक तनाव वेहोर्नु पर्नेछ । आर्थिक क्षेत्रमा विषमता आउनेछ । गरेका कामबाट उचित प्रतिफल लिन सकिने छैन । सामाजिक काममा अभिरुची बढ्नेछ । वौद्धिक क्षेत्रका कामबाट लाभान्वित हुनुहुनेछ । मिलेर गरेका काम विफल हुनेछन् । काम गर्दा विचार पु¥याउन नसके धन सम्पतिको नास हुनसक्छ । आफन्तबाट टाढा हुने अवस्था आउन सक्छ । घर परिवारमा धार्मिक कार्य हुनेछन् । शैक्षिक विषयलाई लिएर विदेश यात्रा हुने योग देखिन्छ ।
आर्थिक कठिनाइले प्रतिष्ठामा समेत धक्का पुग्न सक्छ । नोकरीमा विनाकारण दोषी भई पदमुक्त हुने सम्भावना रहनेछ ।राजनीतिमा पुराना कुरालाई उल्टाएर फसाउने काममा शत्रु निकै सक्रिय हुनेछन् । अलिकति मात्र पनि बेहोस गरिएमा झुटा आरोप लगाएर मुद्दा मामलामा फसाउने सम्भावना रहनेछ ।
विश्वास गरेकाले समेत आवश्यक समयमा धोका दिने भएकोले आफूलाई समाल्न मुस्किल पर्नेछ । आश्विन १९ वाट गुरुले लाभ भावमा गोचर गर्ने हुँदा व्यापार तथा वैदेशिक कार्यमा अपेक्षित सुधार आउने र अवस्था सकारात्मक हुनेछ । आर्थिक उन्नतिमा अप्रत्यासित प्रगति हुन गई विचलित मनस्थितिलाई प्रसस्त उर्जा प्रदान गर्नेछ ।
रोकिएका कामहरू क्रमश: बन्न थाल्नेछन्। नयाँ कामका प्रस्तावहरू पनि आउनेछन् । कमजोर शरीरमा उत्साह पैदा हुनेछ । मित्रहरूले यथार्थ बुझेर आत्म आलोचना गर्दै क्षमायाचनाका साथ सहयोगको तत्परता पनि देखाउनेछन् ।
पढाइमा सुधार आउनुको साथै बौध्दिक कार्यमा तीव्रताका साथ अघि बढ्ने अवसर मिल्नेछ । सन्तानहरूवाट उचित सहयोग मिल्नेछ । पतिपत्नीबीच बिग्रिएको सम्बन्ध राम्रो बन्नेछ । प्रेमको मार्गमा आएको अवरोध हटेर जानेछ ।
नोकरीमा आएको समस्यालाई सजिलै हटाउन सकिनेछ । राजनीतिमा आउने समस्यालाई कूटनीतिक सहयोग आफ्नो प्रयासले सुल्झाउन सकिनेछ । महत्वपूर्ण काम आश्विन १९ पछिमात्र गर्नु बेस । फाल्गुन ११ पछिको समय निकै सकारात्मक रहनेछ ।
(पं. अाेजराज लाेहनी सहित विभिन्न ज्योतिषीका राशीफल मर्ज गरिएको)
[शनि साढेसाति वा अढैया लाग्दा सर्वप्रथम पीपलको पूजा गर्ने, भैरवको पूजा गर्ने। शनिबारको दिन भैरवको पूजा गरी भैरवको दायाँहातमा २ मिटर कालो कपडा राखी‘शनिको दशा नाश होस्’ भनेर दशकदम पछि हटी नहेरी फर्कने। भैरवको मन्दिर उपलब्ध नभएमा २ नदीको संगममा नदीको मूलतिर वा नदी आएकोतर्फ फर्केर पूजा गर्ने, २ मिटर कालो कपडा आफूभन्दा पछाडिबाट बगाउने र ‘मेरो शनि दोष बगोस्’ भनी बगाउने। बगेकोलाई नहेर्ने यस प्रकारको उपाय गर्दा शनिको दोष कम हुन्छ। यो व्यवहारिक प्रयोगले थाहा भएको हो। ]
सम्बन्धित खबर
डा. शिव सुवेदी भन्दै आए ‘बाँचेको छु धन्न’, समिक्षा अधिकारी र विक्रमको मिठो साथ
कस्तो छ तपाईको आजको राशिफल ? पढ्नुहोस्
आज शनिवार, तपाईको राशिफल यस्तो छ ।
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’