ज्वाला संग्रौलासहित कथित तीनजना सामाजिक अभियन्ता प्रहरी हिरासतमा

ज्वाला संग्रौलासहित कथित तीनजना सामाजिक अभियन्ता प्रहरी हिरासतमा

IMG_7928

काठमाण्डौ। आफूलाई सामाजिक अभियन्ता भनेर चिनाउने ज्वाला संग्रौलासहित तीनजनालाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ ।

युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले दिएको जाहेरीका आधारमा उनीहरुलाई महानगरीय प्रहरी परिसर टेकुले हिरासतमा लिएर अनुसन्धान थालेको हो ।

पक्राउ पर्नेमा ज्वाला संग्रौला, हिमाल उपाध्याय र शर्मिला वाइवा रहेका छन् ।

ज्वाला समूहले खुस्बुमाथि गत जेठ १६ गते गौशला प्रहरी वृत्तको हिरासतमै आक्रमण गरेको थियो । त्यसविरुद्ध खुस्बुले टेकु प्रहरी परीसरमा उजुरी दिएकी थिइन् । उनीहरुमाथि कुटपिट, अभद्र व्यवहार तथा प्रहरीमाथि समेत हातपात गरेको अभियोग छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ