बलेवा । जिल्लाभर निशेधाज्ञा जारी भए पनि लगनको महिना भएकाले विवाह, वर्तबन्ध र चौरासी पूजाजस्ता धार्मिक र सांकृतिक कार्य रोकिएका छैनन् । निश्चित मापदण्ड तोकेर धार्मिक तथा सांकृतिक कार्यमा सहभागि हुन प्रशासनले आग्रह गरेको भए पनि सुरक्षाकर्मी र प्रशासनको उपस्थिति कम रहेका ठाउँमा यस्ता कार्य पूर्ववत् रूपमा चलिरहेका हुन् । जिल्ला सदरमुकाममै केही दिन पहिला विवाह भोजमा सहभागि भएका ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
एउटै गाउँमा यती धेरै जनामा सङ्क्रमण देखिएको हो । विवाहमा सहभागि भएका ५० जनाको परीक्षण गर्दा ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खानाल बताउछन्। गाउँभरीनै ज्वरो, रुघा, खोकी र शरिर दुख्ने समस्या देखिएपछि परीक्षण गरिएको थियो । यस अघि बागलुङको बडिगाड गाउँपालिका–४ मा विवाह भोज खाएका अधिकांशमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सोही विवाहमा सहभागि एकै परिवारका चार जनाको सङ्क्रमणका कारण मृत्यु भएको थियो ।
“सात जनाभन्दा जम्मा नहुनु भन्ने जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको निर्णय छ, पालना सबैले गर्नुपर्छ”, प्रमुख जिल्ला अधिकारी तथा जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिका संयोजक शिवकुमार कार्कीले भने, “यदी कसैले नियम मिचे प्रशासनलाई खवर गरौँ ।” बागलुङको भकुण्डे, तित्याङ र पैञ्युपाटालगायत गाउँमा पनि यसै साता धार्मिककार्यमा धेरै जम्मा भएर भोज गरेको गुनासो छ । तर प्रशासनलाई पहिले खवर नगर्ने र पछि गुनासो गर्ने धेरै रहेको कार्की बताउछन्। बागलुङमा यो समाचार तयार गर्दासम्म ३४० जना सक्रिय सङ्क्रमित छन् । खनालका अनुसार, दोस्रो लहर चल्ने बेला अन्यत्रभन्दा पहिला धेरै सङ्क्रमित देखिएको वडा नं १४ नारायणस्थान सक्रिय सङ्क्रमित मुक्त भएको छ ।
त्यस्तै वडा नं ११ रायडाँडा, वडा नं ५ मालिका र वडा नं ८ सिगानामा सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य छ ।
सम्बन्धित खबर
पोखराबाट ढोरपाटन गएको जीपमाथि पहिरो खस्यो, ५ यात्रु सकुशल
ढोरपाटनका बालबालिकामा दादुरा संक्रमण, एक जनाको पोखरामा उपचार हुँदै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
पोखरा-बागलुङ सडकका खाल्डाखुल्डी पुर्न थालियो
बागलुङ–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालन
ढोरपाटन २३ औं वर्षमा प्रवेश
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण