पोखरा । पर्यटन प्रवद्र्धनलाई विशेष प्राथमिकता दिँदै पोखरा महानगरले आगामी आर्थिक वर्षका लागि रु छ अर्ब २७ करोड ७५ लाखको बजेट सार्वजनिक गरेको छ । विनियोजित बजेटमध्ये चालुतर्फ रु छ अर्ब ९१ करोड अर्थात् ४६।४ प्रतिशत छुट्याइएको हो । पूँजीगततर्फ रु तीन अर्ब ३७ लाख अर्थात् ५३.६ प्रतिशत विनियोजन गरिएको छ । चालु आवका लागि रु पाँच अर्ब ७२ करोडको बजेट ल्याइएको थियो ।
नवौँसभामा महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले प्रस्तुत गर्नुभएको बजेटले पर्यटन क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको छ । पोखराको प्रमुख पर्यटकीय क्षेत्र फेवातालको वरिपरि पदमार्ग निर्माण गर्न रु एक करोड ५० लाख विनियोजन प्रस्ताव गरिएको छ । त्यसैगरी होमस्टेहरूको क्षमता विकास गर्ने, पर्यटन प्रवद्र्धनमा निजी क्षेत्रका सङ्घ संस्थाहरूसँग हातेमालो गर्ने, पर्यटन प्रवद्र्धनको लागि फेस्टिबल, महोत्सव, तथा विशेष कार्यक्रम आयोजना गरिने कार्यक्रमलाई पनि समावेश गरिएको छ ।
प्रस्तुत बजेटमा आगामी आर्थिक वर्षमा पोखराको ‘पर्यटन गुरुयोजना’ तर्जुमा गरिने र पर्यटन विकासलाई थप प्राथमिकता दिन महानगरपालिकामा पर्यटन शाखा स्थापना गरिने उल्लेख छ । पर्यटन वसपार्क तथा अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटन सूचना केन्द्र स्थापना लागि पनि रु २० लाख विनियोजन गरिएको छ । त्यस्तै, पोखराको पर्यटनमा कोशेढुङ्गा सावित हुने विश्वास लिइएको पोखरा क्षेत्रका सात ताल जोड्ने गरी खाका तयार भएको साइकल रुटको प्रवद्र्धन तथा विकासको लागि ५० लाख बजेट विनियोजन गरिएको छ । पोखरा २८ ठूलाकोटमा ‘अस्टोनोमी पार्क’ निर्माण गर्न प्रदेश सरकारसँग साझेदारी गरिने र पोखरा ६ मा रहेको वसुन्धरा र कोमागाने पार्कमा थप पूर्वाधार निर्माण गर्न १ करोड बजेट विनियोजन प्रस्ताव गरीएको छ ।
पोखराको भगिनीसम्बन्ध स्थापना भएका नगरहरूको सम्मेलन आयोजना गर्न नेपालका नियोगमार्फत् पहल गरिने जनाइएको छ । कोभिडको अवस्था मूल्याङ्कन गरी उक्त कार्यक्रम तर्जुमा गरिने र उक्त कार्यक्रम पोखराको पर्यटन प्रवद्र्धनमा सार्थकसिद्ध हुने विश्वास गरिएको छ । त्यस्तै पोखरा टावर निजी क्षेत्रको समेत लगानीमा निर्माण गर्नेगरी संभाव्यता अध्ययन गरिने उल्लेख छ । उक्त कार्यक्रमको लागि रु १० लाख विनियोजन गरिएको छ भने पोखरा वडा नम्बर ४ को उपयुक्त स्थानमा ‘कोसेली घर’ निर्माणलाई पनि समावेश गरिएको छ । पर्यटनसँग जोडिएका पूर्वाधारहरू निर्माणमा निजी लगानी प्रोत्साहन गर्ने तथा कम लागतका पर्यटकीय पूर्वाधार तत्कालै निर्माण गर्नेजस्ता कार्यक्रमहरू सञ्चालन गरी समग्र पर्यटन क्षेत्रको विकास गरिने बजेटमा उल्लेख छ ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा