क्रिकेट मैदानमा जमिरहेका उदीयमान खेलाडीको नाम हो, विपिन खत्री । लेफ्ट आर्म स्पीनर तथा राइट ह्याण्ड ब्याट्सम्यान पोखरेली विपिन १० वर्षदेखि क्रिकेट खेलिरहेका छन् ।
विगतमा यु–१९ विश्वकप क्रिकेट टोलीको बन्दसत्रमा समेत छनोट पछि उनले पछाडि फर्केर हेर्नु परेन । २३ वर्षीय खत्रीलाई अहिले गण्डकी प्रदेशको पुरुष सिनियर टोलीको कप्तानीको जिम्मेवारी समेत छ ।
३ वर्षअघि धनगढीमा सम्पन्न मुख्यमन्त्री क्रिकेट कपमा उनी उत्कृष्ट बलर घोषित हुँदा सन् २०१६ मा काठमाडौंमा सम्पन्न प्रथम प्रधानमन्त्रीकप क्रिकेट प्रतियोगितामा उदियमान खेलाडीको उपाधि पनि उनकै पोल्टामा परेको थियो ।
बढी जसो पोखरा रंगशाला भेटिने उनी प्रधानमन्त्री कपको चारै वटा संस्करण खेलिसकेका छन् भने इपिएल, डिपीएल र पिपिएलमा २÷२ पटक सहभागिता जनाएका छन् । गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाएको उनको टिम धनगढीमा भएको मुख्यमन्त्री क्रिकेट कपमा उपविजेता बनेको थियो ।
हालसम्म विपिन कास्की जिल्ला एवं गण्डकी प्रदेशसहित पोखरा राइनोज, धनगढी स्टार, बुटवल ब्लास्टर, रुपन्देही च्यालेन्जर्स, काठमाडौं मेयर ११ टिमबाट पिच उत्रिसकेका छन् ।
हालपोखरा महानगरपालिका वडा १४, चाउथे निवासी विपीनलाई क्रिकेटको मोह स्कुले जीवनकालमै बसेको बताउँछन् । ‘सानैदेखि क्रिकेटप्रति रुचि लाग्यो, खेल्दै जाँदा यहाँसम्म आइपुगियो । हेरौ कतिसम्म अघि बढ्न सकिन्छ,’ उनले भने । अहिले पाँचौ पोखरा स्पोर्टस् अवार्ड अन्तर्गत उदीयमान खेलाडी विधाको उत्कृष्ट ३ मा पर्न सफल हुँदा आफूलाई निकै खुसी लागेको प्रतिक्रिया दिए । बुवा तुलबहादुर र आमा सीता खत्रीको २ सन्तानमा उनी जेठा हुन् । उनले पोखरा पब्लिक स्कुलबाट एसएलसी उत्तीर्णसँगै कालिका उच्च माविबाट व्यवस्थापन संकायमा प्लस टु सकाएका छन् ।
उदीयमान खेलाडी विधामा उनी सहित पौडीकी दुवाना लामा र लनटेनिसका प्रदीप खड्का पनि मनोनयनमा परेका छन् । तीमध्ये उत्कृष्ट एक जनाले असार १८ मा हुने स्पोर्टस् अवार्डमा ३५ हजारसहित अवार्ड जित्ने छन् ।
सम्बन्धित खबर
फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
पिसिएम कप प्लस टु फुटसलको उपाधि तालपारी टीमले जित्यो
गण्डकी फायरलाई प्रथम चापाकोट क्रिकेट लिगको उपाधि
चापाकोट क्रिकेट लिगको उपाधिका लागि आज गण्डकी फायर र साँखर वरियर भिड्दै
१० औं पोखरा स्पोर्टस् अवार्ड: प्रदीप र नारायणी वर्ष खेलाडी घोषित
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ