काठमाडौँ । नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षण स्थगन गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार कोभिड १९ का कारण आगामी महिना स्पेनमा हुने भनिएको नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगन भएपछि बन्द प्रशिक्षण स्थगन गरिएको हो । मङ्गलबारदेखि बन्द प्रशिक्षण थालेको थियो । सो बन्द प्रशिक्षणमा १९ खेलाडी सम्मिलित थिए। बन्द प्रशिक्षण स्थगन गरिए पनि सामान्य प्रशिक्षण भने जारी रहने क्यानले जनाएको छ । खेलाडीहरूलाई प्रशिक्षण दिन मुख्य प्रशिक्षक डेभ ह्वाटमोर हालै श्रीलङ्काबाट नेपाल आएका थिए।
बन्द प्रशिक्षणमा ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख, पारस खड्का, दिपेन्द्रसिंह ऐरी, आशिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, कमलसिंह ऐरी, अविनाश बोहरा, सन्दीप जोरा, शाहब आलम, शुशन भारी, शरद भेषवाकर, विक्रम शोब र पवन सर्राफ रहेका हुन् । नेपालले गत वर्ष माघ तेस्रो साता त्रिवि क्रिकेट मैदानमा पहिलो अमेरिका र ओमानसँग पहिलो सिरिज खेलेको थियो। आइसीसी विश्व कप क्रिकेट लिग दुई विश्वकपसम्म पुग्ने सिँढी हो ।
लिग दुईमा नेपालसँगै अमेरिका, ओमान, स्कटल्यान्ड, नामिविया, युएई र पपुवा न्युगिनी रहेका छन् । उक्त लिग सन् २०१९ को अगस्तदेखि शुरु भएको हो । लिगको शीर्ष तीन टोलीले विश्वकप क्रिकेटको छनोटमा सोझै स्थान बनाउने छन् । बाँकी चार टोलीले विश्वकप छनोटमा प्रवेश पाउनका लागि फेरी प्लेअफ खेल्नेछन् । उक्त प्लेअफमा लिग दुईबाट आउने चार टोली तथा च्यालेन्ज लिगबाट आउने दुई टोलीले प्रतिस्पर्धा गर्नेछन् । विश्वकप छनोटमा सुपर लिगका पुछारका पाँच, लिगबाट आएका तीन तथा प्लेअफबाट आउने दुई टोली गरी १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । विश्वकप छनोटको विजेता र उपविजेता टोलीले विश्वकप क्रिकेटमा भाग लिन पाउने छन् ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’