प्रदीप खड्का नेपालका पूर्व नम्बर १ लन टेनिस प्लेयर हुन् । १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा टिम इभेन्टतर्फ कास्य पदक जित्न सफल खड्काको खेल जीवनमा यी र यस्तै थुप्रै मेडलले घरको भित्ता सजिएको छ ।
२३ वर्षीय खड्काको खेल जीवन २०६५ सालदेखि सुरुआत भएको हो । लनटेनिसमै १३ वर्ष बिताइसकेका उनले आफूलाई अझ निखारलता ल्याउन माल्दिभ्समा थप कोर्स पनि पूरा गरेका छन् । माल्दिभ्समै रहँदा उनले अकु टेनिस एकेडेमीमा कोचको भूमिका पनि निर्वाह गरेको बताएका छन् ।
पोखरा महानगरपालिका ५, पस्र्याङ जन्मेका खड्काको स्थायी ठेगाना नेपालको पूर्वी जिल्ला ओखलढुंगाको सिस्नेरी–३ हो । बाबु लालबहादुर खड्का र आमा रत्नमाया खड्काका छोरा प्रदीपले पोखराकै वाराही माविबाट २०७२ सालको एसएलसी पूरा गरेका हुन् ।
पढाइ र खेलसँगसँगै अगाडि बढाएका उनले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ओपन डबल्सतर्फ रजत, मेन्स सिंगल्सतर्फ कास्य, मेन्स टिम इभेन्टसमा कास्य पदक जितेका थिए । त्यस्तै सातौं राष्ट्रिय खेलकुदमा टिम इभेन्टसतर्फ गोल्ड मेडल नै हात पारेको रेकर्ड छ ।
लुम्बिनी ओपन नेश्नल लन टेनिस टुर्नामेन्टमा लगातार २ वटा संस्करणमा क्रमशः मेन्स सिंगल्स इभेन्ट र मेन्स डबल्स इभेन्सका विजेता उनै खड्का सन् २०१९–०२० मा नेपालका नम्बर नं. १ टेनिस खेलाडी हुन् ।
उनी सातौं सिटिजन्स् बैंक ओपन टेनिस टुर्नामेन्टसमा मेन्स सिंगल्सतर्फ रनरअप हुँदा १७ औं माछापुच्छे« बैंक ओपन एण्ड भेटेनान्स टेनिस टुर्नामेन्टसअन्तर्गत मेन्स डबल्समा सेकेण्ड रनर अप हुन सफल भएका थिए । साथै दोस्रो ललितपुर डिष्ट्रिक्ट नेश्नल ओपन लन टेनिस टुर्नामेन्टमा मेन्स सिंगल्समा सेकेण्ड रनर अप, १० औं सहवीर मेमोरियल ओपन लनटनिसमा मेन्स सिंग्लसमा सेकेण्ड रनर भए ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको पाँचौं पोखरा स्पोर्टस् अवार्डमा उनै प्रदीप खड्का वर्ष उदीयमान खेलाडी विधामा मनोनीत हुन सफल भएका छन् । उत्कृष्ट ३ मनोनयनमा परेकोमा आफूलाई निकै खुसी लागेको उनले टेलिफोनमार्फत प्रतिक्रिया दिए । उनले भने, ‘खेल्दै जाँदा मूल्यांकन हुँदो रहेछ । प्रतिष्ठित स्पोर्टस् अवार्डको मनोनयनमा पर्नु आफैमा खुसीको विषय हो ।’
यो विधामा प्रदीपसहित पौडीकी दुवाना लामा र क्रिकेटका विपीन खत्री पनि मनोनयनमा परेका छन् । तीमध्ये उत्कृष्ट एक जनाले नेपाल खेलकुद पत्रकार दिवस अवसरमा असार १८ मा हुने स्पोर्टस् अवार्डमा नगद ३५ हजारसहित अवार्ड हात पार्ने छन् ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो