म्याग्दी । जिल्लाको मङ्गला गाउँपालिका–१ मा पर्ने कुहुँलाई १० दिन सिल गरिएको छ । कुहुँ र पूर्णगाउँमा एकै दिन लक्षणसहितका ३९ जना कोरोना सङ्क्रमित भेटिएपछि नियन्त्रणका लागि वडाबाहिर र एकदेखि अर्को टोलमा आवतजावत बन्द गरिएको हो । गाउँपालिकाले आइतबार जारी गरेको सूचनामा कुहुँमा एम्बुलेन्स, बिरामी बोक्न प्रयोग भएको गाडी, औषधि र विकास आयोजनाका सामग्री बोकेका बाहेकका गाडी र मानिसको आवतजावतलाई बन्द गरिएको उल्लेख छ ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र आचार्यले कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन यही असार २३ गतेसम्मका लागि कुहुँ वडा सिल गरिएको जानकारी दिए। वडा कार्यलय तथा सहकारीको सेवा बन्द भएको छ। खाद्यान्नका सामग्री गाउँपालिकाको सहमति लिएर तोकिएको समयमा ढुवानी गर्नुपर्नेछ ।
आइतबार वडाध्यक्ष डेकबहादुर राम्जाली र कर्मचारीसहित ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । उन्चालीस जनाको परीक्षण गर्दा सबैमा कोरोना सङ्क्रमण पुष्टि भएको स्थानीय अगुवा एकजित रोकाले बताए। सङ्क्रमित सबैमा ज्वरो आउने तथा रुघाखोकी लाग्ने जस्ता लक्षण देखिएको छ ।
गाउँपालिकाको निर्देशन नमान्नेलाई सवारी साधन नियन्त्रणमा लिने र कारबाहीका लागि प्रशासनमा बुझाइने बताइएको छ। गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका, कार्यपालिका सदस्य डिलकुमारी खत्री र कुहुँ स्वास्थ्य चौकीका प्रमुख माया अधिकारीको टोलीले होम आइसोलेशनमा बसेका सङ्क्रमितको स्वास्थ्य अवस्थाबारेमा जानकारी लिएका छन्।
पछिल्लो केही हप्ता घट्दै गएको कोरोनाको सङ्क्रमणदर एकै पटक ह्वात्तै बढेपछि सरोकारवाला झस्किएका छन् । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार हालसम्म जिल्लाभर कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या दुई हजार ४३४ जना पुगेको छ। हाल १२६ जना सक्रिय सङ्क्रमित छन्।
सम्बन्धित खबर
मर्दी पदयात्राका क्रममा हराएका पर्यटक मृत फेला
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
म्याग्दीमा विश्वशान्तिको कामना गर्दै दुई करोड ५० लाख दीप प्रज्वलन
रत्नेचौरमा टिकटक र भिडियो बनाउनेको लर्काे
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु