स्याङ्जा । स्याङ्जाको वालिङमा रहेको मालपोत कार्यालयले बारअनुसार सेवा प्रवाह थालेको छ । विश्वव्यापी महामारीका रुपमा तीव्र गतिमा फैलिरहेको नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई दृष्टिगत गर्दै बारअनुसार पालिका निर्धारण गरी सेवा प्रवाह गरिएको मालपोत अधिकृत रबिन अधिकारीले बताए।
कोभिड–१९ को सङ्क्रमणलाई दृष्टिगत गर्दै भूमि व्यवस्थापन तथा अभिलेख विभागले मालपोत कार्यालयबाट हुने अत्यावश्यक मात्र सेवा प्रवाह गर्नु भनेर स्थानीय प्रशासनको समन्वयमा स्वास्थ्य सुरक्षा मापदण्डअनुसार निर्देशन भएकाले सोही अनुसार गरिएको उनले बताए।
कार्यालयले आइतबार र सोमबार वालिङ तथा भिरकोट नगरपालिका, मङ्गलबार र बुधबार चापाकोट नगरपालिका, बिरुवा र हरिनास गाउँपालिका, बिहीबार र शुक्रबार गल्याङ नगरपालिका तथा कालीगण्डकी गाउँपालिकाका सेवाग्राहीलाई सेवा प्रवाह गर्ने मालपोत अधिकृत अधिकारीले बताए।
कार्यालयले बारअनुसार पालिका छुट्याएको छ भने सीमित मात्रै सेवा सञ्चालन गरेको छ । जग्गा दृष्टिबन्धक, जग्गा फुकुवा, राजीनामा, सामान्य संशोधन, प्रतिलिपिजस्ता सेवा सञ्चालन गरेको भए पनि बकससम्बन्धी सेवा, अंशबन्डा, नामसारी, स्रेस्ता कायम गर्नेलगायत अन्य सेवा तत्कालका लागि बन्द गरिएको छ ।
बारअनुसार पालिका छुट्याउँदा कार्यालयमा सेवाग्राहीको भीड कम भई सङ्क्रमणको जोखिम न्यून हुने भएकाले यो विधि अपनाइएको उनले बताए। यसैबीच जिल्ला प्रशासन कार्यालयले यही असार १५ गतेसम्म जारी रहेको निषेधाज्ञालाई लम्ब्याएर यही असार २५ गतेसम्म पुर्याएको छ ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’