बलेवा । कोरोना महामारीमा अपनाउनुपर्ने स्वास्थ्य मापदण्डका विषयमा समुदाय सचेतना कार्यक्रमसहित ताराखोला गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ । पत्रकार महासङ्घ बागलुङले समुदायस्तरमा पुगेर स्वास्थ्य सचेतनासहित गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरेको हो ।
महासङ्घले जिल्लाका दुई स्थानीय तहमा स्वास्थ्य सचेतना र स्वास्थ्य सामग्री प्रदान गर्ने कार्यक्रम बनाएको थियो । मङ्गलबार उक्त गाउँपालिका पुगेर नागरिक तहमा स्वास्थ्यका मापदण्ड अपनाउन र कोरोनाबाट बच्न आग्रह गरिएको अध्यक्ष नरेश कँडेलले बताए।
महासङ्घले काठेखोला गाउँपालिकामा पनि कार्यक्रम गर्ने कँडेलले जानकारी दिए। महासङ्घका पदाधिकारीसहित स्वास्थ्यकर्मीको समूहले सचेतना तथा स्वास्थ्य सामग्री हस्तान्तरणका गतिविधि गर्नेछ । महासङ्घले गलकोट नगरपालिकाका लागि भने केही मास्क र स्यानिटाइजर प्रदान गरेको छ ।
ताराखोला पुगेको पत्रकारको समूहले विभिन्न व्यक्ति तथा संस्थासँग सहकार्य गरेर एक थान अक्सिजन कन्सन्टे«टर, दुई थान डिजिटल थर्मल गन, पाँच थान अक्सिमिटर र तीन हजार थान मास्क हस्तान्तरण गरेको थियो । स्वास्थ्य सामग्री ग्रहण गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले भने, “सचेतना र स्वास्थ्यका मापदण्ड अपनाउँदै सुरक्षित रहन अझै आवश्यक छ, सहयोगले हामीलाई साथ दिनेछ ।”
गाउँपालिकाले अस्थायी कोभिड अस्पताल निर्माण गरेको छ । स्वास्थ्य शाखा र अस्पतालमा प्रयोग गर्नेगरी सामग्री हस्तान्तरण गरिएको उपाध्यक्ष नवीन शिशिर विकले बताए। महासङ्घले काठेखोलासमेत सोही परिणामका स्वास्थ्य सामग्री प्रदान गरिने उनले जानकारी दिए। आफ्नै भवनमा पत्रकारका लागि आइसोलेशन कक्ष निर्माण गरेको महासङ्घले विभिन्न सङ्घसंस्थासँगको समन्वयमा स्थानीय तहलाई सहयोगसमेत गर्दै आएको छ ।
सम्बन्धित खबर
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
पोखरा-बागलुङ सडकका खाल्डाखुल्डी पुर्न थालियो
बागलुङ–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालन
ढोरपाटन २३ औं वर्षमा प्रवेश
बागलुङमा व्यावसायिक स्याउखेती
असारमा कालिका मन्दिरको आम्दानी १८ लाख
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ