पोखरा, १२ वैशाख । पोखरामा दैनिक २ लाख गाडी गुड्छन् । दैनिक ७० को हाराहारीमा गण्डकी अञ्चल यातायात कार्यालय गण्डकीमा गाडीदर्ता हुने गरेको कार्यालय बताउँछ । गण्डकी तथा धौलागिरी क्षेत्रमा चल्ने लगभग ७० प्रतिशत गाडी पोखरा हुँदै ओहोरदोहोर गर्छन् । समाधान दैनिकमा न्युज छ ।
देशैभरिबाट गाडी पोखरा आइपुग्ने गरेका छन् । भारतीय नम्बर प्लेटका गाडी पनि पर्यटकीय नगरी पोखरा उत्तिकै आइपुग्छन् । पृथ्वी, सिद्धार्थ र भूपीशेरचन राजमार्ग जोडिएको पोखरामा ठूला गाडीलाई मुख्य चोकसम्म नआईधरै छैन । किनकि यहाँ एक राजमार्गबाट अर्को राजमार्ग जाने वा मुख्य चोक नपुगी गन्तव्यसम्म जाने कुनै वैकल्पिक मार्ग छैन ।
जसले गर्दा ठूला–साना सबै खाले गाडीले पोखराका मुख्यचोकको व्यवस्थापन सकसपूर्ण बनेको छ । बेलाबेलामा वैकल्पिक मार्गको कुरा उठे पनि त्यो कुरामै सीमित भएका छन् । त्यसको असर पोखराको ट्राफिक व्यवस्थापनमाथि परेको छ ।
प्रादेशिक राजधानी बनेसँगै संसद, मन्त्रालय पोखरामै छन् । मुख्यमन्त्रीदेखि, मन्त्री, सभामुख र सांसदका गाडी यहीं गुड्छन् । तीनका अघिपछि हिँड्ने गाडीले पनि ट्राफिक जामको समस्या अझ बढेको छ । यसै पनि कुनै न कुनै भिआइपीको दिनहुँजसो पोखरा आगमन भइरहन्छ ।
तत्कालीन पोखरा उपमहानगरपालिकाले अहिले आउन सक्ने अवस्था ख्याल गर्दै फ्लाइओभरको योजना अगाडि सार्यो ।साँघुरा र पुरानै संरचनाका सडकले यातायात व्यवस्थान चुनौती थुपिँर्दै गएको भन्दै महानगरपालिकाले मुख्य ठाउँमा फ्लाइओभरको योजना अगाडि सारेको थियो ।
अमरसिंहचोकदेखि सिर्जनाचोकसम्म फ्लाइओभर निर्माणको सम्भाव्यता अध्ययन गर्न झन्डै ४० लाख रुपैयाँ बजेट पनि छुट्याइयो । उपमहानगरपालिकाकै परिषद्मा परेको योजना मानबहादुर जिसी महानगरपालिकाको मेयर भएर आएपछि यसको छिट्टै कार्यान्वयमा लैजाने कार्ययोजना सार्वजनिक गरियो ।
पहिलो चरणमा विज्ञ टोलीले यसको सम्भाव्यता अध्ययन गरी कस्तो, कसरी र कतिसम्मको बनाउन सकिन्छ भन्ने प्रतिवेदन पेस गर्ने र दोस्रो चरणमा फ्लाइओभर निर्माणको प्रक्रिया सुरु हुने बताइएको थियो । तर, अहिलेसम्म यसको विषयमा न छलफल नै भयो न सम्भाव्यता अध्ययनको तयारी नै गरियो ।
अहिले यसका लागि छुट्याइएको ४० लाख रुपैयाँ यत्तिकै छ ‘फ्लाइओभरको सम्भाव्यता अध्ययन गर्ने भनेका थियौं तर अघि बढ्नै सकेन । पैसा यतिकै छ,’ महानगरपालिका वरिष्ठ इन्जिनियर शारदामोहन काफ्लेले भने ।
फ्लाइओभरको सम्भाव्यता अध्ययन नै नगरी आर्थिक वर्ष बित्न लागेपछि महानगरपालिकाले अर्कै योजना अगाडि सारेको छ । हालै बसेको महानगरको कार्यपालिका बैठकमा मुख्यचोकमा आकासे पुल निर्माणको योजनाबारे छलफल भएको छ ।
पोखराका मुख्यचोकमा अहिले बाटो काट्दै सकस छ । पृथ्वीचोक, सभागृहचोक, महेन्द्रपुल, चिप्लेढुंगा पालिखेचोक लगाएकात ठाउँमा ट्राफिक जामले हैरान पारिरहेको छ । यी मुख्य ट्राफिक जाम हुने ठाउँमा महानगरपालिकाले आकासे पुल बनाउने योजनामाथि छलफल चलाएको हो ।
‘छिट्टै कार्यविधि बनाएर सम्भाव्यता अध्ययनका लागि जाने हाम्रो योजना हो,’ मेयर मानबहादुर जिसीले भने, ‘प्राविधिकलाई खाका तयार पार्नु भनेको छु । आउँदो बजेटमै योजना समावेश गरी जाने तयारी छ ।’
आकासे पुल, फ्याइओभर वा भूमिगत सडक के निर्माण गर्न सकिन्छ त्यसको सम्भाव्यता अध्ययन गरेर कार्यान्वयनमा जाने मेयर जिसीले जानकारी दिए । पोखराको बुद्धचोक, पृथ्वीचोक, सभागृहचोक, सिर्जनाचोक, चिप्लेढुंगा र महेन्द्रपुलमा आकासे पुल बनाउने योजनामाथि कार्यपालिका बैठकमा छलफलपछि सम्भाव्यता अध्ययन गर्ने निर्णय गरेको हो ।
छिट्टै कार्यविधि बनाएर विज्ञसहितको टोली अध्ययनमा जाने र सम्भाव्यता अध्ययनका लागि कति रकम छुट्याउने भन्ने विषयमा छलफल भइरहेको मेयर जिसीले बताए ।
पोखरामा न गतिलो बसपार्क छ, न पार्किङस्थल । पार्किङस्थलको व्यवस्था नहुँदा नगरका गाडी तथा मोटसाइकल सडकमै पार्किङ गर्नुपर्दा सडक झनै साँघुरा बनेका छन् ।
पोखरा महानगरपालिकाले पार्किङ शुल्क उठाउने नाममा सडक नै ठेक्कामा दिएको छ । महानगरमा ट्राफिक लाइटको व्यवस्था अझैसम्म कतै छैन । पोखरा महानगरपालिका मेयर जिसीले ट्राफिक व्यवस्थापनका लागि पार्किङस्थलको पनि खोजी गरेको बताए ।
सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु