बलेवा । पहिराबाट फाइवरको तार चुडिँदा साविकको धवलागिरि अञ्चलका चार जिल्लामा सञ्चार सेवा अवरुद्ध भएको छ ।
नेपाल टेलिकमको पोखरादेखि बागलुङ ल्याइएको फाइवरको तार पर्वतको कुश्मा नगरपालिका–७ चुवामा पहिराले चुडाइदिएको हो । तार चुडिँदा बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङमा सञ्चारसेवा अवरुद्ध भएको छ । बुधबार रातिदेखि नै फाइवरमा समस्या आएपछि खोजी गर्दा तार चुडिएको भेटिएको नेपाल टेलिकम बागलुङका प्रमुख केशव शर्माले बताए। “फाइवरबाटै फोन, इन्टरनेट र टिभीसमेत चल्ने हो, एउटै तार भएकाले चुडिँदा सबै अवरुद्ध हुन्छ”, शर्माले भने, “बाढी मिसिएको पहिरो बगिरहेकाले तत्काल मर्मत गर्नसमेत सकिएको छैन ।” पहिरो खसेको ठाउँमा टेलिकमले प्राविधिक पठाइसकेको जनाइएको छ । वर्षा भइरहेकाले तत्काल मर्मत असम्भव रहेको शर्माले बताए।
इन्टरनेट र टेलिफोन सेवा नचलेका कारण बिहानको समयमा मात्रै खुल्ने बैंक तथा वित्तीय संस्था प्रभावित भएका छन् । असार मसान्तको बेला भएकाले भुक्तानीका काम रोकिँदा सरकारी कार्यालयमा समेत समस्या भएको छ । निजी कम्पनीका इन्टरनेट सेवा प्रदायकको इन्टरनेटसमेत चलेको छैन । एनसेएलको मोबाइल र डाटाले भने काम गरिरहेको छ ।
सम्बन्धित खबर
पोखराबाट ढोरपाटन गएको जीपमाथि पहिरो खस्यो, ५ यात्रु सकुशल
ढोरपाटनका बालबालिकामा दादुरा संक्रमण, एक जनाको पोखरामा उपचार हुँदै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
पोखरा-बागलुङ सडकका खाल्डाखुल्डी पुर्न थालियो
बागलुङ–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालन
ढोरपाटन २३ औं वर्षमा प्रवेश
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए