पोखरा रंगशालामा फ्लड लाईट राख्न सकिएमा अन्तर्राष्ट्रियस्तरका खेल प्रतियोगिता गर्ने एन्फाले तयारी गरेको छ ।
एन्फा केन्द्रीय अध्यक्ष कर्माछिरिङ शेर्पाले यसका लागि एन्फाको पहलमा संघ सरकारबाट ६ करोड रुपैयाँ बजेट विनियोजन भएको जानकारी दिए । उनले प्रदेश सरकारबाट पाँच करोड आवश्यक पर्ने भन्दै यसका लागि गण्डकी सरकारसँग कुराकानी अघि बढाइएको बताए ।
पोखरा रंगशालामा फ्लड लाइटसहित स्कोर बोर्ड समेत राख्न सकिएमा रातका समयमा समेत अन्तर्राष्ट्रिय खेल प्रतियोगिता गर्न सकिने भएकाले विशेष प्राथमिकतामा राखेको शेर्पाले बताए । एन्फाले आफ्ना केन्द्रीय सदस्य तथा फुटसल संयोजक रत्नकुमार श्रेष्ठलाई प्रदेश सरकारसँग कुरा गर्न खटाएको छ ।
श्रेष्ठले प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङसँग भेट गरेर यसबारे जानकारी गराएका छन् । ‘प्रदेशले पाँच करोड विनियोजन गरेमा फुटबलसहितका खेल गर्न सकिन्छ भनेर जानकारी गराएँ,’ श्रेष्ठले भने,‘उहाँ सकारात्मक हुनुहुन्छ ।’
उनले यस अघि प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्लेसँग समेत भेटवार्ता गरेका थिए । ‘दुवैजनाको सकारात्मक जवाफ आएको छ,’ उनले भने,‘मुख्यमन्त्रीसँग पनि भेटेर यो काम पुरा गर्ने लक्ष्य छ ।’
खेल मन्त्री गुरुङले प्रदेशमा खेल क्षेत्रको विकास र युवा सशक्तिकरणसँगै आयआर्जनसँग जोड्ने लक्ष्य रहेको भन्दै सघाउन तयार रहेको प्रतिवद्धता जनाएको श्रेष्ठले बताए ।
सम्बन्धित खबर
नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई
शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्यः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’