यातायात व्यवसायीले काठमाडौँमा निकाले विरोध र्‍याली

यातायात व्यवसायीले काठमाडौँमा निकाले विरोध र्‍याली

Kathmandu

काठमाडौँ । भाडा समायोजन र कोरोनाविरुद्धको खोप माग गर्दै यातायात व्यवसायीले काठमाडौँमा र्‍याली निकालेका छन् ।

व्यवसायीहरुले बिहीबार बिहान आ–आफ्नो सार्वजनिक यातायातका साधनसहित र्‍याली निकालेका हुन् ।

बालाजु, जोरपाटी लगायतका स्थानबाट निकालिएको सो र्‍यालीले रिङरोड परिक्रमा गरी एकान्तकुनामा रहेको यातायात कार्यालय घेराउ गर्ने बताएका छन् ।

र्‍यालीले ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ ।

इन्धनको भाउ बढे पनि गाडी भाडा समायोजन नगरेको उनीहरुको गुनासो छ ।

यस्तै, कोरोनाको जोखिमका कारण भएको निषेधाज्ञाले समस्यामा परेका व्यवसायीलाई सरकारले राहतको व्यवस्था नगरेको उनीहरुले बताएका छन् ।

उनीहरुले यातायातको भाडा एवम् ट्याक्सीको सुरुवाती कल समायोजन गर्न, २० वर्ष अवधि पुगेका सवारी साधनको अवधि थप गर्न, नवीकरण, जरिवाना छुट गर्न र कोभिड विरुद्धको खोप दिनु पर्ने लगायतका माग राखेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ