नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद गगनकुमार थापाले संसद सरकारसँग डराउने नभई सरकार संसदसँग डराउनुपर्ने बताएका छन् ।
मंगलवारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसदको प्रश्न र संसदको निगरानीसँग सरकार डराउनुपर्ने बताए ।
सांसद थापाले भने, ‘पुनःस्थापित संसदले सरकारलाई विश्वासको मत दिएसँगै नयाँ अध्याय प्रारम्भ भएको छ । यो अध्यायको सुखान्तका लागि सरकार र संसद दुवैका लागि नयाँ अपेक्षा छन् । संसदलाई हेप्ने, अदालतलाई हप्काउने, न विधि मान्ने न विज्ञानलाई पत्याउने । स्थानीय र प्रदेश सरकारलाई पंगु बनाउने । जनताको दुहाइ दिने तर आसेपासे पोस्ने, बाहिर सिंह जस्तो गर्जने, भित्र लम्पसार पर्ने । यस्तै यस्तै परिचय बनाएर बालुवाटारबाट बार्दली पुगेको छ मेरो सरकार । नयाँ सरकारलाई यस्तो कुनै पनि अपराध गर्ने छुट छैन । यस्तो हुन नदिन संसदले पनि संकल्प गर्नुपर्नेछ । न त यो संसदलाई बेवास्ता गर्न दिइनेछ, न त कामविहीन बनाउन । न त मनोमानी ढंगले स्थगित गर्न दिइनेछ, न त छल्न । यो संसद सरकारसँग डराउने होइन, सरकार यो संसदसँग डराउनुपर्नेछ, सांसदको प्रश्नसँग, संसदको निगरानीसँग । परीक्षा प्रधानमन्त्रीको मात्रै होइन, सभामुखको पनि छ, यो संसद जोगाउन लाग्ने हामी प्रत्येक सांसदको छ ।’
सम्बन्धित खबर
प्रधानमन्त्री कार्कीको बिदाइ सम्बोधन: नयाँ सरकारलाई शुभकामना, देशको उज्यालो भविष्य देखिरहेको छु
आजै मन्त्रीकाे नाम टुंग्याउने तयारी, पार्टी कार्यालयबाट एउटै गाडीमा निस्किए रवि–बालेन
रविको प्रस्तावमा बालेन बने रास्वपा संसदीय दलको नेता, प्रधानमन्त्री बन्न बाटो खुल्यो
नयाँ सांसदहरूले लिए सपथ, ४७ जनाले लिए मातृभाषामा शपथ
रास्वपाले ल्याएको दुई तिहाइ जादुगरले हात हल्लाउँदा परेवा निकालेजस्तो: ओली
सार्वजनिक नगर्दै बाहिरियो जेन-जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन [पूर्णपाठ]
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने