सभामुखको रूलिङ विपरित प्रधानमन्त्री बालेन कालो चस्मा लगाएरै संसद बैठकमा जाने

राजनीति

सभामुखको रूलिङ विपरित प्रधानमन्त्री बालेन कालो चस्मा लगाएरै संसद बैठकमा जाने

यस्तो छ सेनाको अस्पतालले दिएको रिपोर्ट

balen_samsad
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) कालो चस्मा लगाएरै संसदमा उपस्थित हुने भएका छन् । बुधबार हुने सांसदहरूसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुने प्रधानमन्त्री बालेन कालो चस्मा लगाएरै संसदमा जाने भएका हुन् ।

यसअघिको कार्यव्यवस्था परामर्श समितिको बैठकले संसदमा कालो चस्मा प्रयोग गर्न नमिल्ने र प्रयोग गर्नैपरेमा मेडिकल रिपोर्ट संसद सचिवलायमा बुझाउनुपर्ने निर्णय गरेको थियो । सोहीअनुसार प्रधानमन्त्रीको रिपोर्ट सचिवालयमा प्राप्त भएको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

‘योभन्दा अगाडिको कार्यव्यवस्था परामर्श समितिको बैठकले संसद बस्दा कालो चस्माको प्रयोग नगर्ने भन्ने निर्णय गरेको थियो । यदि प्रयोग गर्नुपरेमा प्रयोग गर्नुपर्ने कारण अथवा मेडिकल रिपोर्टसहितको पत्र आवश्यक पर्ने भन्ने थियो । कालो चस्मा प्रयोग गर्न आवश्यक छ भनेर प्रधानमन्त्रीज्यूको रिपोर्ट पहिले नै प्राप्त भइरहेको छ,’ उनले शिलापत्रसँग भने ।

उज्यालोमा हेर्न असहज भएको भन्दै प्रधानमन्त्रीले नेपाली सेनाको छाउनीस्थित सैनिक अस्पतालमा २२ साउनमा आँखा परीक्षण गराएका थिए । उनको आँखा लेफ्टिनेट कर्णेल डा. सचित ढकालले परीक्षण गरेका थिए ।

प्रधानमन्त्रीको आँखा परीक्षणकाे रिपोर्ट

Right Honourable Prime Minister Balendra Shah has been examined by me for the complaint of difficulty in seeing in bright light. He has been found to have Dry eye disease for which he has been prescribed

Carboxymethylcellulose 0.5% eye drop to be used frequently as required. He has been further advised to use ocular precautionary measures (shades) when being in a bright light environment to relieve the troublesome symptoms. 

Lt. Col. Dr. Sachit Dhakal
Assoc. Prot.
MBBS, MS, (Ophthalmology)
Fellow Vitreo-retinal Surgery
NMC No. 4591.

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ