पोखरा । पोखरामा नक्कली सुन बिक्री गर्न खोज्ने ७ जनाको गिरोहलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
सुन भनेर सुन जस्तो धातु देखाएर बिक्री गरी मानिसलाई ठगी गर्न खोजेको अभियोगमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए।
हमालका अनुसार पोखरा महानगरपालिका -८ सृजनाचोकस्थित पर्वत सुनचाँदी पसलमा कालीगढको रुपमा काम गर्ने भुवन बिक समेतका मानिसले सुन भनेर धातु बोकेर ठगी गर्न लागेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई 999.9 Fine Gold YS-180A लेखिएको नक्कली धातु र ८ थान मोवाइलसहित पक्राउ गरेको हो।

पक्राउ पर्नेमा म्याग्दी जिल्ला रघुगंगा गाउँपालिका -३ राखु स्थायी घर भइ हाल पोखरा -२ मिरुवा बस्ने ४२ वर्षीया बिमला दमाई, रुपन्देही जिल्ला देवदह नगरपालिका -५ नमुना टोल स्थायी घर भइ हाल पोखरा -६ फिर्के बस्ने ३५ वर्षीय विशाल थापा मगर, कास्की अन्नपूर्ण गाउँपालिका -३ पाउदुर स्थायी घर भइ हाल पोखरा -३ मिरुवा बस्ने ४४ वर्षीय गणेश बहादुर दर्जी, रामेछाप जिल्ला सुकाजोर नगरपालिका -७ वृता स्थायी घर भै हाल पोखरा -१० रामबजार बस्ने २३ वर्षीय अनिल भुजेल, सर्लाही जिल्ला बागमती नगरपालिका -१ डापडाँडा स्थायी घर भइ हाल पोखरा -१० रामबजार बस्ने ४२ वर्षीय ईन्द्र बहादुर बलम पाकी, चितवन जिल्ला टाँडी नगरपालिका -२ स्थायी घर भइ हाल पोखरा -८ सृजनाचोक बस्ने ३४ वर्षीय भुवन बिक र चितवन जिल्ला राप्ती नगरपालिका -९ स्थायी घर भइ हाल पोखरा -१० रामबजार कृष्णमन्दिर बस्ने ३५ वर्षीय प्रकाश परियार रहेका छन्।
प्रहरीले वरामद गरेको उक्त धातुलाई परीक्षणका लागि सुनचाँदी व्यवसायी संघ कास्कीमा पठाउँदा उक्त धातु सुन नभएको पुष्टि भएको थियो ।
पक्राउ परेका उनीहरुविरुद्ध मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ अन्तर्गत सम्मानित कास्की जिल्ला अदालतबाट ठगी, आपराधिक बिश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसूर अन्तर्गत जिल्ला अदालत कास्कीबाट १० दिनको म्याद थप अनुमति लिएर आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रवक्ता हमालले जानकारी दिए ।
सम्बन्धित खबर
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
छोराको कुटपिटबाट आमाको मृत्यु
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्
स्याङ्जामा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा एक पक्राउ
लिफ्ट दिने बहानामा महिलामाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो